बिहीबार, मंसिर ४, २०८२

कोभिड-१९ त समाजकाे एक्सरे रहेछ

दान, दक्षिणा र परोपकारले काम चल्दैन। परोपकार गर्नु नराम्रो होइन तर यसले आक्रोशलाई सहानुभूतिमा परिवर्तन गरिदिन्छ।
 |  शनिबार, जेठ ३१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३१, २०७७

धर्तीमा रहेका सबैका लागि पेटभरि खाना, उपचार सुविधा, निश्चित आम्दानी र एउटा घर। यस्ता सामान्य कुरा माग गर्नु परिरहेको छ अहिले। यसले के प्रमाणित हुन्छ भने हाम्रो समाज अब मानवीय रहेन।

National life

मलाई आश्चर्य लागिरहेको छ, यस्ता माग हामी कोसित गरिरहेका छौं? कसलाई अनुरोध गर्दै छौं? यहाँ कसैले हाम्रा माग सुनिरहेको छ?

कोभिड १९ एउटा भाइरस हो। तर यो एउटा एक्सरे रहेछ। यसले त समाज र धर्तीमा हामीले के के गरेछौं भन्ने उजागर गरिदिएको छ। हामी जसलाई सभ्यता भन्दै आएका थियौं, त्यो त विध्वंसमा परिणत भयो। जसलाई हामीले सुख भन्दै आएका थियौं, त्यहाँ लोभ देखियो।

जसलाई हामी दैनिक गतिविधि त हुन् भनेर बेवास्ता गर्यौं, त्यो ठूलो अन्याय रहेछ। अब यहाँ एउटा विभाजन देखा पर्यो। 

करोडौं मानिसलाई घरमै बन्द गरिदियो। मलाई लाग्दैन कि इतिहासमा कहिले यस्तो मौका आउँछ, पूरै विश्वका लागि एउटै कानुन लागू भएको छ। सबै त्यही कानुन मान्न विवश छन्।

Laxmi sunrise bank
kumari

चिन्ताको विषयचाहिँ के हो भने कुनै देशमा यो महामारीले निकै ठूलो विनाश निम्त्याएको छ। केही देशमा महामारी नियन्त्रणका नाममा नै विनाश निम्त्याइएको छ।

करोडौं मानिसले आफ्नो रोजगारी गुमाएका छन्। भारतमा त चार घण्टाको सूचनामा १३८ करोड मानिसलाई ५५ दिनसम्म लकडाउनमा राखियो। सहरमा फसेका लाखौं मजदुरलाई न खानाको व्यवस्था भयो, न बस्ने प्रबन्ध। यातायात नहुँदा उनीहरु कतै जान सकेनन्। त्यसपछि सुरु भयो गाउँतर्फको लामो पैदलयात्रा।

कैयौंले बाटोमै ज्यान गुमाए। केही भोकप्यास र गर्मी सहन नसकेर मरे। कैयौं सडक दुर्घटनामा बिते। कोही पक्राउ परे। केहीलाई जनावरजस्तो व्यवहार गरियो। प्रहरीको कुटाइ खाने कतिकति। कत्तिको त प्रहरीको कुटाइबाटै ज्यान गयो। लाखौं व्यक्ति आफ्ना गाउँ फर्किएका छन्। उनीहरु भोका छन्। बेरोजगार छन्। यो मानवताविरुद्ध गरिएको अपराध हो। हामीलाई यसको हिसाब चाहिन्छ।

आकाश खाली भएको छ। चराचुरुंगीको चिर्बिर आवाज फैलिएको छ। जंगली जनावर सहरका सडकमा देखिन थालेका छन्। धर्तीले हामीलाई सम्झाउँदै छ, ऊ आफैंसित उपचारका तरिका रहेछन्।

यो महामारी दुई विश्वबीचको प्रवेशद्वार हो। अब हामीले यसबाट कसरी छुटकारा पाउने? के हामी मरेर अर्को संसारमा प्रवेश गर्छौं? या हामी अर्को नयाँ जन्म लिइरहेका छौं? मानवका रुपमा जन्मनु र मर्नु हाम्रो अधीनमा छैन। तर एक जीवित प्रजातिका रुपमा सायद हामी एक माध्यम बन्न सक्छौं।

हामीले नयाँ जन्म लिइरहेका छौं या लिने इच्छा राख्दछौं भने हामीले आफ्नो क्रोधलाई विद्रोहमा रुपान्तरण गर्नुपर्छ। त्यसलाई क्रान्तिसम्म लैजानुपर्छ।

दान, दक्षिणा र परोपकारले काम चल्दैन। परोपकार गर्नु नराम्रो होइन तर यसले आक्रोशलाई सहानुभूतिमा परिवर्तन गरिदिन्छ। लिने व्यक्तिलाई खुम्चन बाध्य बनाउँछ। दिने व्यक्तिमा अभिमान उत्पन्न गराउँछ, जसको अपेक्षा ऊ आफैंले गरेको हुँदैन।

अब हाम्रा गुनासो सुन्ने कोही छैन। हामीमाथि शासन गर्नेहरु मरिसके। त्यसैले हामीलाई चाहिएको कुरा खोसेर लिनुपर्छ।

(भारतकी चर्चित लेखिका रायले केही दिनअघि सार्वजनिक गरेको अभिव्यक्तिको अनुवाद। )

 

प्रकाशित: Jun 13, 2020| 09:05 शनिबार, जेठ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...