आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

चीनको एक विद्यालयबाट फैलियो कोरोना भाइरसको नयाँ लहर

चीनमा पछिल्लो समय कोरोना भाइरसको नयाँ लहर देखिएको छ। फुजियान प्रान्तस्थित एक प्राथमिक विद्यालयबाट कोरोना भाइरसको नयाँ लहर फैलिएको प्राथमिक अनुसन्धानले देखाएको बीबीसीले जनाएको छ।
 |  मंगलबार, भदौ २९, २०७८
nespernesper

बीबीसी

बीबीसी

मंगलबार, भदौ २९, २०७८

बेइजिङ- चीनमा पछिल्लो समय कोरोना भाइरसको नयाँ लहर देखिएको छ। फुजियान प्रान्तस्थित एक प्राथमिक विद्यालयबाट कोरोना भाइरसको नयाँ लहर फैलिएको प्राथमिक अनुसन्धानले देखाएको बीबीसीले जनाएको छ। 

triton college

अघिल्लो साता एक विद्यार्थीका बुबालाई कोरोना पोजेटिभ देखिएको थियो। उनीबाट नै अन्यमा कोरोनाको संक्रमण फैलिएको हुनसक्ने प्राथमिक रिपोर्टले देखाएको अधिकारीहरुले बताएका छन्। 

प्रान्तका अधिकारीहरुले प्रान्तका सबै विद्यार्थी र शिक्षकलाई एक साताभित्र कोरोनाको परीक्षण गरिसक्न निर्देशन दिएका छन्। पछिल्लो चार दिनमा एक सय जनामा कोरोना पोजेटिभ देखिएको छ। 

वुहानपछिको सबैभन्दा ठूलो नानजिङ प्रान्तमा फैलिएको कोरोना प्रकोप नियन्त्रणमा लिएको एक महिनापछि नयाँ लहर देखिएको हो। करिब ३० लाख जनसंख्या भएको फुजियान प्रान्तको पुटियान सहर अहिले उच्च जोखिममा रहेको जनाइएको छ। 
वुहानपछिको सबैभन्दा ठूलो नानजिङ प्रान्तमा फैलिएको कोरोना प्रकोप नियन्त्रणमा लिएको एक महिनापछि नयाँ लहर देखिएको हो। करिब ३० लाख जनसंख्या भएको फुजियान प्रान्तको पुटियान सहर अहिले उच्च जोखिममा रहेको जनाइएको छ। 

पछिल्लो पटक सहरमा पहिलो संक्रमित एक प्राथमिक विद्यालयबाट पुष्टि भएको जनाइएको छ। ४ अगस्तमा सिंगापुरबाट फर्किएका ती विद्यार्थीका बुबालाई १० सेप्टेम्बरमा कोरोना पोजेटिभ देखिएको थियो।

उनी सिंगापुरबाट फर्किएपछि २१ दिन क्‍वारेन्टाइनमा बसेका थिए भने नौ पटक कोरोना परीक्षण गराएका थिए। उनले गराएको परीक्षणका क्रममा सबै रिपोर्टहरु नेगेटिभ देखिएको चिनियाँ सञ्‍चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ। 

Metro Mart
vianet

प्रकाशित: Sep 14, 2021| 16:05 मंगलबार, भदौ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।