बिहीबार, मंसिर १८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • एम्बुलेन्समा लागूऔषध र ट्याङकरमा मदिरा तस्करी गर्ने पाँच जना पक्राउ

एम्बुलेन्समा लागूऔषध र ट्याङकरमा मदिरा तस्करी गर्ने पाँच जना पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साले एम्बुलेन्समा लागूऔषध र तेल ट्याङकरमार्फत रक्सी तस्करी गर्ने पाँच जनालाई नियन्त्रणमा लिएको छ।
 |  बुधबार, जेठ २८, २०७७

जियालाल साह

जियालाल साह

बुधबार, जेठ २८, २०७७

पर्सा– जिल्ला प्रहरी कार्यालय पर्साले एम्बुलेन्समा लागूऔषध र तेल ट्याङकरमार्फत रक्सी तस्करी गर्ने पाँच जनालाई नियन्त्रणमा लिएको छ।

National life

एम्बुलेन्समा लागूऔषध गाँजा तस्करी गरिरहेको अवस्थामा अल्पाइन मेडिकल कलेज टिचिङ्ग हस्पिटल प्रा.लि सिमराको नाममा रहेको ना ४ च ८५९९ नम्बरको एम्बुलेन्ससहित प्रहरीले तीन जनालाई आज बिहान नियन्त्रणमा लिएको हो।

लागूऔषध ओसारपसारमा संलग्न सर्लाही लालबन्दी नगरपालिका १५ बस्ने २३ वर्षीय जीतबहादुर वाइवा, २२ वर्षीय दीलबहादुर वाइवा र पर्सा बहुदरमाई नगरपालिका ५ भौराटार बस्ने ३२ वर्षीय हरिशंकर महतो पक्राउ परेका छन्।

उनीहरू तीनै जनालाई वीरगंज महानगरपालिका वडा नम्बर २७ रामपुरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट ५६ केजी गाँजा बरामद भएको पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।

Laxmi sunrise bank
kumari

त्यसैगरी तेल टयाङ्करमार्फत् विभिन्न ब्राण्डको मदिरा भारततर्फ लैजाँदै गरेको अवस्थामा रजत जयन्ती चोकबाट ना २ ख ७३७५ नम्बरको ट्याङकरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ मकवानपुरका ४७ वर्षीय ट्याङकर चालक सन्दिप थिङ र हटौंडा वडा नम्बर २१ बस्ने २२ वर्षीय सहचालक राधे बुढाथोकी पक्राउ परेका छन्।

प्रकाशित: Jun 10, 2020| 11:19 बुधबार, जेठ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।