बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालको आर्थिक वृद्धिदर १.८ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर १.८ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

विश्व बैंकले कोभिड–१९ का कारण नेपालको आर्थिक वृद्धिदर १.८ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ ।
 |  मंगलबार, जेठ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २७, २०७७

विश्व बैंकले कोभिड–१९ का कारण नेपालको आर्थिक वृद्धिदर १.८ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ ।

बैंकले मंगलबार रिपोर्ट सार्वजनिक गर्दै नेपालको आर्थिक वृद्धिदर सन् २०२० मा १.८ प्रतिशतमा सीमित हुने र सन् २०२१ मा २.१ प्रतिशत मात्रै वृद्धिदर हुने प्रक्षेपण गरेको हो । तर

नेपाल सरकारले भने चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २.३ र आगामी वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

महामारीले रिकभरीको बाटोमा रहेको नेपालको पर्यटन क्षेत्रमा समेत ठूलो असर परेकोले आर्थिक वृद्धिमा गम्भीर असर पर्ने दावी विश्व बैंकले गरेको छ ।

विश्व बैंकका अनुसार नेपाल, भुटान, श्रीलंका, माल्दिभ्स जस्ता देशमा पर्यटनमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा अर्थतन्त्रमा योगदान भएको भए पनि महामारीले त्यसमा समेत ठूलो असर गरेको छ ।

नेपालमा एक तिहाइ पर्यटक चीन र भारतबाट मात्रै आउने गरेको र महामारीका कारण सरकारले गरेको अन्तर्राष्ट्रिय सीमा तथा उडानमा लगाएको रोकका कारण यसले आगामी दिनमा ठूलो असर पर्ने र त्यसले पर्यटनसँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सञ्चालित बजार, आपूर्ति, आन्तरिक उत्पादन तथा निर्माणमा समेत असर पर्ने पनि विश्व बैंकको रिपोर्टले जनाएको छ ।

त्यसैगरी दक्षिण एसियामा सबैभन्दा बढी भारतको अर्थतन्त्रको वृद्धिदर सन् २०२० मा ४.२ मा सीमित हुने र सन् २०२१ मा वृद्धिदर ३.२ प्रतिशत नकारात्मक हुने प्रक्षेपण गरिएको छ । त्यसैगरी पाकिस्तानमा सन् २०२० मा २.६ प्रतिशत वृद्धिदर नकारात्मक हुने र सन् २०२१ मा ०.२ प्रतिशत अर्थतन्त्र नकारात्मक हुने उल्लेख गरिएको छ ।

विश्व बैंकले विश्वको अर्थतन्त्र दोस्रो विश्वयुद्धपछिको सबैभन्दा खराब अवस्थामा पुगेर सन् २०२०मा विश्व अर्थतन्त्र ५.२ प्रतिशतले नकारात्मक हुने प्रक्षेपाण गरेको छ ।

 

 

प्रकाशित: Jun 09, 2020| 12:30 मंगलबार, जेठ २७, २०७७
प्रतिक्रिया दिनुहोस्