सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लकडाउनमा जागिर गएपछि बयालपाटा अस्पतालका एक कर्मचारीले आफ्नै शरीरमा आगो लगाए

लकडाउनमा जागिर गएपछि बयालपाटा अस्पतालका एक कर्मचारीले आफ्नै शरीरमा आगो लगाए

 बयालपाटा अस्पतालका एक जना कर्मचारीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्।
 |  सोमबार, जेठ २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २६, २०७७

अछाम—  बयालपाटा अस्पतालका एक जना कर्मचारीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्।

अस्पतालले हालै ३३ जना कर्मचारीलाई हटाएको थियो । तीमध्ये सरसफाईको काम गर्ने साँफेबगर नगरपालिका–६ का सिद्धार्थ आउजीले आफ्नै शरीरमा आगो लगाएका हुन्।

अस्पतालले हटाएको चिठी दिएदेखि नै सिद्धार्थ तनावमा रहेको उनका सहकर्मी बताउँछन्। आफूलाई आगो लगाउनु अघि उनले ५ मिनट भाषण समेत गरेका थिए। 

महामारीकै समयमा परिवारको रोजीरोटी चल्ने माध्यम नै बन्द भएपछि न्यूनस्तरका धेरै कर्मचारी तनावमा छन्।

बयालपाटा अस्पतालले भने अस्पतालमा आर्थिक अभाव भएको भन्दै कार्यसम्पादन, अनुशासन सबै हेरेर कर्मचारी हटाएको बताएको छ ।

अस्पतालको गेट अगाडि सोमबार बिहान आफ्नै शरीरमा आगो लगाएका आउजीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगन्ज लगिएको छ।
उनले आगो लगाए लगत्तै अस्पतालका कर्मचारी, प्रहरी र स्थानीयले आगो निभाएर उनलाई बचाएका थिए।

गम्भरी अवस्थाका आउजीलाई सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय र अछामका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलको पहलमा सिम्रिक एयरको हेलिकोप्टरमार्फत कोहलपुर मेडिकल कलेज पठाइएको छ।

बयलपाटा अस्पतालले जेठबाट कर्मचारी कटौति गरेको छ। लकडाउनकै बेला जागिरबाट निकालिएपछि उनीसहितका कर्मचारीहरु तनावमा थिए।

सहयोग बन्द भएपछि आर्थिक अभावका कारण कर्मचारी कटौति गरिएको अस्पातलले जनाएको छ।

प्रकाशित: Jun 08, 2020| 14:15 सोमबार, जेठ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।