सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एकतासँगै जनता समाजवादी पार्टीभित्रको विवाद छताछुल्ल

एकतासँगै जनता समाजवादी पार्टीभित्रको विवाद छताछुल्ल

राजपा र सपा एकता भई जसपा बने लगत्तै पार्टीभित्र विवाद चुलिएको छ । एकतापछि पद विभाजनप्रति नेताहरु असन्तुष्ट बनेका छन् । र, उनीहरुले आफ्नो असन्तुष्टि सामाजिक सञ्जालमार्फत् पोखेका छन् ।
 |  सोमबार, जेठ २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २६, २०७७

जनकपुरधाम– डेढ महिनाको कसरतपछि दुुई अध्यक्ष रहने गरी जनता समाजवादी पार्टी (जसपा) अन्ततः निर्वाचन आयोगमा दर्ता भएको छ ।

तत्कालीन राजपाका अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर र समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई केन्द्रीय कार्यसमितिको अध्यक्ष बनाउँदै आइतबार निर्वाचन आयोगमा दर्ता भएको हो ।

यसअघि समाजवादी पार्टीमा संघीय परिषद् अध्यक्ष रहेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, राजपाका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो र समाजवादी पार्टीका उपाध्यक्ष अशोक राईलाई वरिष्ठ नेताको पद दिइएको छ ।

पहिलो वरीयतामा ठाकुर, दुईमा डा.भट्टराई, तीनमा यादव, चारमा अशोक राई र पाँचमा महतोलाई राख्ने सहमति थियो । तर, निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिनुअघि संघीय परिषद्को अध्यक्षबाट डा.भट्टराईको नाम काटेर चौथो वरीयतामा राख्दै वरिष्ठ नेतामात्र दिइयो ।

राजपा र सपा एकता भई जसपा बने लगत्तै पार्टीभित्र विवाद चुलिएको छ । एकतापछि पद विभाजनप्रति नेताहरु असन्तुष्ट बनेका छन् । र, उनीहरुले आफ्नो असन्तुष्टि सामाजिक सञ्जालमार्फत् पोखेका छन् ।

तत्कालीन राजपाका केन्द्रीय सदस्य सुरेन्द्रकुमार झाले अन्तिम दिनको अन्तिम समयमा पार्टी दर्ता हुनुपछाडि नेतृत्वमा रहेको आत्मकेन्द्रित सोच एवं पद लोलुप्ता रहेको टिप्पणी गरेका छन् ।

‘पार्टी नेताहरुले ५२ जनाको कार्यसमिति बनाइ निर्वाचन आयोगमा बुझाइएको सूचीलाई नै मधेश आन्दोलन, लोकतान्त्रिक आन्दोलन तथा जनयुद्धको आधिकारिक उत्तराधिकारीको रुपमा व्याख्या गर्ने भूल नगरुन् । किनभने दुबै पार्टीका करिब दुई दर्जन ख्यातिप्राप्त राष्ट्रियस्तरका नेताहरु तथा एक हजार केन्द्रीय सदस्य यसमा समाविष्ट छैनन्,’ झाले बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् असन्तुष्टि व्यक्त गर्दै झाले लेखेका छन्, ‘राजपा पार्टीभित्र पुराना पार्टीका कोटा पद्धतीबाट छनौटमा परेकाहरु छन् । मण्डले, झोले, खबरीलाल, नातेदार, मालदार, भ्रष्टाचारी एवं कमिसनखोरहरु उल्लेख्य संख्यामा छन् ।’

जातीय ‘माइजन’ र नेतामा भिन्नता हुन्छ भन्ने कुराको बोध मधेश केन्द्रित नेतृत्वमा नदेखिएको उनको भनाइ छ । ‘पहिलो सूचीमा नाम पर्यो भनेर नमात्तिन मित्रहरुलाई अनुरोध छ,’ उनले लेखेका छन्, ‘छनौटे र चुनौटेमा भिन्नता हुन्छ । महाधिवेशनमा प्रतिस्पर्धा गरेर आउँदा चित्त बुझाउने ठाउँ रहन्छ । तर, छनौटमै मखलेल हुनेहरुबाट संगठन निर्माण र संघर्ष हुनेमा शंका देखिन्छ ।’

पुरानो रक्सी नयाँ बोतलमा राख्दैमा वैकल्पिक शक्ति निर्माण हुन नसक्ने उनले बताएका छन् ।

तत्कालीन राजपाका सहमहासचिव रामप्रवेश बैठाले पनि पार्टी एकीकरण र पद समायोजनप्रति असन्तुष्टि पोखेका छन् । एकीकृत पार्टीमा दलित समुदायलाई ठाउँ नदिइएको भन्दै बैठाले असन्तुष्टि पोखेका हुन् । ‘देशको वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने भनिएको मधेश आधारित पार्टीमा मधेशी दलित समुदाय नअटाउनु दुर्भाग्यपूर्ण छ,’ सामाजिक सञ्जाल फेसबुकमा बैठाले लेखेका छन् ।

‘पार्टीभित्र दलित समुदायको ठाउँ कहाँ छ त ?’ बैठाले प्रश्न गरेका छन् । ‘राजपा नेपालको तर्फबाट एकजना पनि दलित समुदायबाट नआउनु बिडम्बना छ । प्रदेशसभादेखि प्रदेश सरकार तथा पार्टी पोर्टफोलियोमा पनि दलित समुदाय नेतृत्व पंक्तिमा नअटाउनु खेदजनक हो,’ उनले भनेका छन् ।

पार्टी नेताहरुले समानुपातिकको कुरा गर्नु ओठे आवाजबाहेक अरु केही नरहेको उनको भनाइ छ । अझै पनि दलित समुदायका नेता कार्यकर्ता पार्टीभित्र बस्नु भनेको अपमान सहेर बस्नुको विकल्प नरहेको बैठाले बताएका छन् ।

प्रकाशित: Jun 08, 2020| 14:12 सोमबार, जेठ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।