आइतबार, असार २२, २०८२

व्यवसायीले मापदण्ड पूरा नगरेपछि वीरगन्ज बजार बन्द

तोकिएका नियम पालना नभएको भन्दै प्रशासनले वीरगन्ज बजार पुनः बन्द गराएको छ।
 |  सोमबार, जेठ २६, २०७७
nespernesper

जियालाल साह

जियालाल साह

सोमबार, जेठ २६, २०७७

vianetvianet

तोकिएका नियम पालना नभएको भन्दै प्रशासनले वीरगन्ज बजार पुनः बन्द गराएको छ।

तीन दिनअघि बजार खोल्ने निर्णयसँगै चहलपहल बढेको भए पनि प्रशासनले पसलहरु बन्द गर्न सूचना जारी गरेपछि आज वीरगन्ज बजार सुनसान देखिएको छ ।

कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रको जेठ २१ गते बसेको बैठकले एक सूचना जारी गर्दै सुरक्षाका मापदण्ड अपनाउँदै जोर–बिजोर प्रणालीबाट पसलहरु सञ्चालन गर्न निर्देशन दिएको थियो ।

तर, निर्देशनको पालना नभएको र कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले अत्यावश्यक बाहेकका अन्य पसल बन्द गर्न सूचना जारी गरेको छ।

पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले संक्रमण फैलिन नदिन पर्याप्त सावधानी अपनाएर व्यवसाय खोल्न भनिएकोमा पालना नभएपछि बन्द गराउनुपरेको बताए।

दुई दिन बजार खुला गर्दा अनुगमनका क्रममा व्यवसायीहरुले समेत मास्क प्रयोग नगरेको पाइएको र भीडभाड पनि देखिएको तथा उद्योग वाणिज्य संघले स्वीकारेको शर्तहरु पनि पूरा नगरेको पाइएकोले सोमबारदेखि अत्यावश्यक बाहेकका पसलहरु बन्द गराउनुपरेको उनको भनाइ छ।

तोकिएको बाहेकका व्यवसाय सञ्चालन गरेको पाएमा संक्रामक रोग ऐन, २०२० तथा अन्य प्रचलित कानुन बमोजिम कारवाही हुने जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको सूचनामा उल्लेख छ।

 

प्रकाशित: Jun 08, 2020| 13:30 सोमबार, जेठ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।