सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णाली प्रदेशमा थप १६ जनामा काेराेना संक्रमण पुष्टि

कर्णाली प्रदेशमा थप १६ जनामा काेराेना संक्रमण पुष्टि

कर्णाली प्रदेशका थप १६ जनामा आज (सोमबार) कोरोना संक्रमण पुुष्टि भएको छ। यो सहित कर्णाली प्रदेशमा संक्रमितको कुल संख्या ६५७ पुगेको छ।
 |  सोमबार, जेठ २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २६, २०७७

सुर्खेत- कर्णाली प्रदेशका थप १६ जनामा आज (सोमबार) कोरोना संक्रमण पुुष्टि भएको छ। यो सहित कर्णाली प्रदेशमा संक्रमितको कुल संख्या ६५७ पुगेको छ।

प्रदेश अस्पताल, सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा दैलेखका १०, सल्यानका ५ र सुर्खेतका एकजनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

दैलेखमा संक्रमण पुष्टि हुनेमा आठबिस नगरपालिका, नारायण नगरपालिका, डुंगेश्वर गाउँपालिका, नौमुले गाउँपालिका र गुराँस गाउँपालिकाका १५ देखि ४० वर्ष उमेरका पुरुष छन्।

त्यस्तै सल्यानको कुमाख गाउँपालिका र वनगाढ कुपिण्डे नगरपालिकाका १८ वर्षकी एक महिलासहित १७ देखि २३ वर्ष उमेरका ४ पुरुष छन्।

त्यस्तै सुर्खेतको बराहताल गाउँ पालिकाका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

थपिएकासँगै काेराेना संक्रमितकाे संख्या दैलेखमा कूल ३६७, सल्यानमा १२४ र सुर्खेतमा ९२ जना पुगेको छ। मन्त्रालयका अनुसार कालीकोटमा २८, जुम्ला २२, जाजरकोट पाँच, मुगुमा दुई, हुम्ला र डोल्पामा एक/एक संक्रमित देखिएका छन्।

मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार सङ्क्रमितहरु सवै स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेका छन्।

अहिलेसम्म रुकुमपश्चिममा मात्र सङ्क्रमण देखिएको छैन। कोरोनाबाट कर्णालीमा तीन जनाको मृत्यु भएको छ भने सात जना उपचारपछि घर फर्किएका छन्।

प्रकाशित: Jun 08, 2020| 13:25 सोमबार, जेठ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।