सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विद्युत् महसुल हिनामिना गर्ने कर्मचारीविरुद्ध मुद्दा

विद्युत् महसुल हिनामिना गर्ने कर्मचारीविरुद्ध मुद्दा

ग्राहकले तिरेको विद्युत् महसुल हिनामिना गर्ने नेपाल विद्युत् प्राधिकरणका एक कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मद्दा दायर गरेको छ।
 |  सोमबार, जेठ २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २६, २०७७

काठमाडौं- ग्राहकले तिरेको विद्युत् महसुल हिनामिना गर्ने नेपाल विद्युत् प्राधिकरणका एक कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मद्दा दायर गरेको छ।

मोरङको रंगेली वितरण केन्द्रका तत्कालीन हेल्पर (म्यादी) अरुणकुमार गुरुङविरुद्ध विद्युत् महसुलबापतको आठ लाख ७३ हजार पाँच सय ४२ रुपैयाँ हिनामिना गरेको अभियोगमा अख्तियारले सोमबार मुद्दा दायर गरेको हो।

गुरुङले आर्थिक वर्ष ०६८/०६९ र २०६९/०७० मा उक्त रकम हिनामिना गरेको अनुसन्धानबाट खुलेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
ग्राहकले महसुल बुझाए पनि बक्यौता देखिएपछि अख्तियारमा उजुरी परेको थियो।

प्रकाशित: Jun 08, 2020| 13:20 सोमबार, जेठ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।