सोमबार, भदौ ८, २०८३

गण्डकीका ९ जिल्लामा कोरोना संक्रमितको संख्या ११५

मनाङ र मुस्ताङमा भने हालसम्म कोरोनाका बिरामी भेटिएका छैनन्।
 |  सोमबार, जेठ २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २६, २०७७

पोखरा- गण्डकीका नौ जिल्लामा गरी कोभिड–१९ संक्रमित ११५ पुगेका छन्। मनाङ र मुस्ताङमा भने हालसम्म कोरोनाका बिरामी भेटिएका छैनन्।

सोमबार बिहान पोखरा महानगरपालिका–९ स्थायी ठेगाना भई महानगरपालिकाको क्वारेन्टिनमा रहेका ४२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। संक्रमित व्यक्ति एक साताअघि भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए।

संक्रमित व्यक्तिलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा उपचारका लागि लैजाने तयारी भएको बताइएको छ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिमा कोभिड–१९ देखिएको हो।

स्याङ्जामा ३८, बागलुङमा २९, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा १७, गोर्खामा ११, पर्वतमा नौ, कास्कीमा पाँच, तनहुँमा तीन, म्याग्दीमा दुई तथा लमजुङमा एक जनालाई संक्रमण पुष्टि भएको छ।

प्रदेशमा गत चैत १५ गते पहिलो कोभिड–१९ पुष्टि भएको थियो। बागलुङकी एक १९ वर्षीया किशोरीमा पहिलोपटक संक्रमण फेला परेको थियो।
संक्रमितमध्ये तीन जना उपचार गराएर निको भएपछि घर फर्किएका र बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। बागलुङका दुई र लमजुङका एक जना निको भएका हुन्। एकजनाकाे भने निधन भएकाे छ।

प्रदेशमा हालसम्म पाँच हजार ३०५ को पीसीआर विधिबाट परीक्षण गरिएकामा चार हजार ४५४ मा कोरोना देखिएको छैन।
परीक्षण गरिएकामध्ये ७३४ को नतिजा आउन बाँकी रहेको प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए।

प्रदेशमा आरडीटी विधिबाट भने नौ हजार ३५० को परीक्षण गरिएको छ।

प्रकाशित: Jun 08, 2020| 12:40 सोमबार, जेठ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।