सोमबार, भदौ ८, २०८३

'शान्ति प्रक्रिया टुंग्याउन सरकार संवेदनशील भएन'

कांग्रेस सांसद पुष्पा भुसालले वर्तमान सरकारले शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुंगोमा पुर्याउन बजेट नछुट्याएको आरोप लगाएकी छन्।
 |  सोमबार, जेठ २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २६, २०७७

काठमाडौं- कांग्रेस सांसद पुष्पा भुसालले वर्तमान सरकारले शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुंगोमा पुर्याउन बजेट नछुट्याएको आरोप लगाएकी छन्।

उनले सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगलाई बजेट नछुट्याउँदा पीडितले न्याय पाउनेमा शंका रहेको बताइन्।

प्रतिनिसभाको सोमबारको बैठकमा उनले मौलिक हकसँग सम्बन्धित ऐन नबन्दा नेपाली जनताले न्याय पाउन नसकेन बताइन्।

यस्तै उनले उनले महिलालाई समान सहभागिता गराउन राज्य संवेदनशील नभएको आरोप लगाइन्।

उनको प्रश्नको जबाफ दिँदै कानुनमन्त्री शिवमाया तम्बाहाङ्फेले संक्रमणकालीन न्यायका सन्दर्भमा जतिसक्दो बजेट छुट्याएर यसलाई टुंगोमा पुर्याएरै छाड्ने बताइन्।

उनले जनताले न्याय पाउने विषयमा सरकार संवेदनशील रहेको बताइन्। मौलिक हकसँग जोडिएका ऐनहरु बनाउने काम भइरहेको उनको भनाइ छ।

प्रकाशित: Jun 08, 2020| 12:27 सोमबार, जेठ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।