सोमबार, भदौ ८, २०८३

देशका अधिकांश ठाउँमा बदलीसहित पानी पर्ने सम्भावना

देशका अधिकांश भू–भागमा अपराह्नपछि बदलीसहित वर्षा हुने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ।
 |  सोमबार, जेठ २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २६, २०७७

काठमाडौं- सोमबार देशका अधिकांश भू–भागमा अपराह्नपछि बदलीसहित वर्षा हुने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

स्थानीय वायु र पश्चिमी वायुका साथै भारतको पूर्वी उत्तर प्रदेश तथा विहारमा रहेको निम्न चापीय प्रणालीको प्रभावले बदलीसँगै वर्षाको

सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताइन्। आइतबार राति विकसित भएको भारी वर्षा गराउने प्रणाली भने हटिसकेको बताइएको छ।

“अहिले फेरि यी चार प्रणाली विकसित भई सक्रिय अवस्थामा रहेकाले पुनः वर्षाको सम्भावना रहेको हो”, मौसमविद् बासीले भनिन्।

नेपालमा मनसुन भित्रिने सरदर समय जुन १० हो तर यस वर्ष औसत समयभन्दा केही ढिलो मनसुन भित्रिने भएको छ। मनसुन सुरु हुनुपूर्व जुन किसिमको वातावरण हुनपर्ने हो त्यो बनिसकेको छैन।

मौसमविद्का अनुसार मनसुन भित्रिनका लागि मनसुनी हावा वायुमण्डलको तल्लो सतहदेखि माथिलो सतहसम्म रही त्यसको प्रवेश राम्रोसँग देखिन न्यून चापीय रेखा प्रस्ट देखिनपर्ने हुन्छ। यसका साथै न्यून चापीय क्षेत्रको विकास भएर न्यून चापीय रेखा नेपालतिर परेको हुनुपर्छ।

हाल देशको वाग्मती प्रदेश, गण्डकी प्रदेशका भू–भागमा सामान्य बदली रहेको तथा प्रदेश १ र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली भई बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो प्रदेश १, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा तथा प्रदेश २ र प्रदेश ५ र सुदूरपश्चिमका एक वा दुई स्थानमा मेघगर्जन हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका भू–भागमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने बताइएको छ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव ३ डिग्री र अधिकतम तापक्रम २८ दशमलव ७ डिग्री सेल्सियस रहेको छ। आज सबैभन्दा कम जोमसोमको न्यूनतम तापक्रम १० दशमलव ५ डिग्री र सबैभन्दा बढी वीरेन्द्रनगरको अधिकतम तापक्रम ३५ दशमलव ५ डिग्री सेल्सियस छ। –रासस

प्रकाशित: Jun 08, 2020| 11:00 सोमबार, जेठ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।