सोमबार, भदौ ८, २०८३

कमल थापा भन्छन्- बाबुरामको उचाइ झन् बढ्यो

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जसपाका वरिष्ठ नेता बाबुराम भट्टराईको राजनीतिक उचाइ र वरीयता निर्वाचन आयोगमा पेस गरिएको कागजपत्रले नगर्ने बताएका छन्।
 |  सोमबार, जेठ २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २६, २०७७

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जसपाका वरिष्ठ नेता बाबुराम भट्टराईको राजनीतिक उचाइ र वरीयता निर्वाचन आयोगमा पेस गरिएको कागजपत्रले निर्धारण नगर्ने बताएका छन्।

अध्यक्ष थापाले सोमबार बिहान ट्विटरमा लेखेका छन्, 'वरीयताका विषयमा बाबुरामजीलाई केहीले खिसी गरेको पढें। बाबुरामजीसँग धेरै विषयमा मेरो मतभेद छ।तर,उहॉको वरीयता र राजनीतिक उचाइ निर्वाचन आयोगमा पेस भएको कागजले गर्दैन।'

लामो राजनीतिक यात्रा र संघर्षले समाजमा भट्टराईको स्थान कायम भइसकेको थापाको भनाइ छ। थापाले लेखेका छन्, 'एकता गर्दा नाम तल राख्न मानेर बरु उहाँको उचाइ अझै बढेको देखिन्छ।'

प्रकाशित: Jun 08, 2020| 09:50 सोमबार, जेठ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।