सोमबार, भदौ ८, २०८३

बजेटबारे मन्त्रीहरुले आज संसदमा जवाफ दिने

संघीय संसदको प्रतिनिधिसभा बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ। १५ जेठमा अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि संसदमा छलफल भइरहेको छ।
 |  सोमबार, जेठ २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २६, २०७७

संघीय संसदको प्रतिनिधिसभा बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ। १५ जेठमा अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि संसदमा छलफल भइरहेको छ।

१८ जेठदेखि सांसदहरुले मन्त्रालयगत रुपमा बजेटबारे छलफल गरेका छन्। लगातार तीन दिन विषयगत बजेटमाथि सांसदहरुले छलफल गरेका थिए। आज भने सांसदहरुले बजेटबारे उठाएको प्रश्नको जवाफ मन्त्रीहरुले दिने कार्यसूची छ।

संसदको सम्भावित कार्यसूचीअनुसार सबै मन्त्रीले सांसदहरुलाई जवाफ दिनेछन्। यसपछि विनियोजन विधेयकमा खर्च कटौती गरियोस् भनी २६ जना सांसदले राखेको प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ।

विपक्षी दलका सांसदहरुले राखेको प्रस्ताव निणयार्थ प्रस्तुत गरेपछि अर्थमन्त्री खतिवडाले विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ।

प्रकाशित: Jun 08, 2020| 08:46 सोमबार, जेठ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।