सोमबार, भदौ ८, २०८३

कोरोना जित्नेको संख्या ४६७, कुन प्रदेशमा कति ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०२ जना निको भएर घर फर्किएका छन्।
 |  आइतबार, जेठ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २५, २०७७

काठमाडौं- कोरोना भाइरस संक्रमण भएर निको हुनेको संख्या ४६७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०२ जना निको भएर घर फर्किएका छन्।

मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार पछिल्लाेपटक  डिस्चार्ज हुनेमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १२ जना, कलैया अस्पताल बाराबाट ३४ जना, गौरको नर्सिङ इन्स्टिच्युटबाट १८ जना, कोभिड युनिफाइड अस्पताल बलम्बुबाट १, बुटवलको कोरोना आइसोलेसन सेन्टरबाट २७ र कोरोना विशेष अस्पताल दाङबाट १० जना  छन्।

अहिलेसम्म प्रदेश १ बाट ९१ जना, प्रदेश २ बाट १८६ जना, बागमतीबाट ३२ जना, गण्डकीबाट ३ जना, प्रदेश ५ बाट १३३ जना, कर्णालीबाट ९ जना र सुदूरपश्चिम प्रदेशबाट १३ जना डिस्चार्ज भएका छन्।

प्रवक्ता देवकोटाका अनुसार निको हुनेमा ३९९ पुरुष र ६८ महिला छन्।

प्रकाशित: Jun 07, 2020| 18:55 आइतबार, जेठ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।