सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विश्वभर कोरोनाबाट मृत्युको हुनेको संख्या ४ लाख नाघ्यो

विश्वभर कोरोनाबाट मृत्युको हुनेको संख्या ४ लाख नाघ्यो

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वभर चार लाख नाघेको छ। जोन हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभरमा आइतबार दिउँसोसम्म कोराना भाइरसबाट मृत्यु हुनेको संख्या चार लाख १३ पुगेको हो।
 |  आइतबार, जेठ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २५, २०७७

एजेन्सी- कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वभर चार लाख नाघेको छ। जोन हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभरमा आइतबार दिउँसोसम्म कोराना भाइरसबाट मृत्यु हुनेको संख्या चार लाख १३ पुगेको हो।

अमेरिकी विश्वविद्यालयले पाँच महिनाअघि चीनमा कोरोना महामारी फैलिएपछि संंवन्धित तथ्यांंकलाई रियल टाइम ड्यासबोर्डमा राख्न सुरु गरेको थियो।

यो विश्वविद्यालयको आंंकडा अनुसार संसारभरमा कोरोना संंक्रमितको संख्या ६९ लाख १० हजार नाघेको छ।

सबैभन्दा धेरै प्रभावित देश

कोरोना भाइरसबाट सबैभन्दा धेरै नोक्सान अमेरिकामा पुगेको छ। अमेरिकामा यो महामारीको चपेटामा परेर मृत्यु हुनेको संख्या अहिलेसम्म एक लाख नौ हजार नाघेको छ भने १९ लाख २० हजार संक्रमित भएका छन्।

मृत्युको हिसाबमा बेलायत दोस्रो नम्बरमा छ। बेलायतमा ४० हजार ५४८ को कोरोना संंक्रमणका कारण मृत्यु भएको छ। जबकि संक्रमितको संंख्या दुई लाख ८६ हजार नाघेको छ।

संक्रमणको हिसाबमा भने ब्राजिल दोस्रो नम्बरमा छ। ब्राजिलमा अहिलेसम्म ६ लाख ७२ हजार भन्दा धेरै संंक्रमित भएका छन्। मृत्युका हिसाबले चाहिँ ब्राजिल तेस्रो नम्बरमा छ। यहाँ कोरोनाबाछ ३५ हजार ९३० जनाको मृत्यु भएको छ।

संंक्रमणका हिसाबले रुस तेस्रो नम्बरमा छ। रुसमा अहिलेसम्म चार लाख ६७ भन्दा अधिक मानिस संक्रमित भएका छन्,। यहाँ संक्रमणबाट ५ हजार ८५१ जनाको मृत्यु भएको छ।

संक्रमितको संख्याका हिसाबले भारत पाँचौ नम्बरमा छ। भारतमा संक्रमितको संख्या २ लाख ४७ हजारभन्दा बढी छ। जबकि भारतमा यो महामारीबाट अहिलेसम्म ६९५० को मृत्यु भएको छ।

प्रकाशित: Jun 07, 2020| 17:57 आइतबार, जेठ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।