सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २ मा कोरोना संक्रमितको संख्या १,१४९ पुग्यो, १० हजारभन्दा बढीको रिपोर्ट आउन बाँकी

प्रदेश २ मा कोरोना संक्रमितको संख्या १,१४९ पुग्यो, १० हजारभन्दा बढीको रिपोर्ट आउन बाँकी

प्रदेश २ मा ८३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । आइतबार ८३ जना नयाँ संक्रमित थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १ हजार १४९ पुगेको छ ।
 |  आइतबार, जेठ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २५, २०७७

प्रदेश २ मा ८३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । आइतबार ८३ जना नयाँ संक्रमित थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १ हजार १४९ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयले जनाएअनुसार आइतबार प्रदेश २ को सिरहामा २, धनुषामा १, महोत्तरीमा ५, सर्लाहीमा ७४ र रौतहटमा एकजना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

सिरहाको भगवानपुर क्वारेन्टिनमा रहेका पाँचजना, धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१२ बस्ने ३१ वर्षीय पुरुष र महोत्तरीको जलेश्वर र बर्दिवास क्वारेन्टिन गरी पाँचजनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी सर्लाहीको गोरैता नगरपालिकास्थित क्वारेन्टिनका ६१ र विष्णुपुर गाउँपालिकाका १३ र रौतहटको गरुडा नगरपालिका–८ बस्ने एक पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

कुन जिल्लामा कति संक्रमित ?

प्रदेश २ मा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार प्रदेश २ को रौतहटमा सबैभन्दा बढी कोरोना संक्रमित पुष्टि भएको छ ।

रौतहटमा हालसम्म ३९७ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी सप्तरीमा ७६, सिरहामा ४९, धनुषामा १०१, महोत्तरीमा ९३, सर्लाहीमा २५०, बारामा ७० र पर्सामा १११ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी स्वाब संकलन भइसकेका १० हजार ३५७ जनाको नतिजा आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमण भएर उपचारपश्चात २०३ जना निको भएर घर फर्किसकेको मन्त्रालयले बताएको छ ।

प्रकाशित: Jun 07, 2020| 17:28 आइतबार, जेठ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।