सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लकडाउनमा लागुऔषध कारोवारी सक्रिय, एम्बुलेन्स र ट्यांकरमा ओसारपसार

लकडाउनमा लागुऔषध कारोवारी सक्रिय, एम्बुलेन्स र ट्यांकरमा ओसारपसार

लकडाउनको बेला देशभर लागुऔषध कारोवारी सक्रिय बनेका छन्। लकडाउनको मौका छोपेर एम्बुलेन्स, ट्यांकरजस्ता अत्यावश्यक साधनको दुरुपयोग गर्दै लागुऔषध ओसारपसार भइरहेको पाइएको छ।
 |  आइतबार, जेठ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २५, २०७७

काठमाडौं- लकडाउनको बेला देशभर लागुऔषध कारोवारी सक्रिय बनेका छन्। लकडाउनको मौका छोपेर एम्बुलेन्स, ट्यांकरजस्ता अत्यावश्यक साधनको दुरुपयोग गर्दै लागुऔषध ओसारपसार भइरहेको पाइएको छ।

प्रहरीले पछिल्लो दुई दिनमा एम्बुलेन्स, ट्यांकरमा ठूलो परिमाणमा लागुऔषधसहित मानिस पक्राउ गरेको छ।

सर्लाही सदरमुकाम मलंगवाबाट एम्बुलेन्समा लागुऔषध ओसारपसार गर्ने तीन जना पक्राउ परेका छन्। मलंगवाबाट भारततर्फ आठ किलो चरेस लैजाँदै गरेका एम्बुलेन्स चालक र त्यसमा संलग्न अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ज१च १४०७ नम्बरको एम्बुलेन्स चालक मोहनराय यादव, स्थानीय नथुनी ठाकुर र एम्बुलेन्सबाट चरेस भारतीय बजार लैजाँदै गरेका मलंगवा नगरपालिका–८ का रामदुलार राय छन्।

पक्राउ परेकाको बयानको आधारमा प्रहरीले आइतबार बिहान एम्बुलेन्स चालक यादवलाई नियन्त्रणमा लिइएको र एम्बुलेन्स खानतलासी गर्दा थप एक सय ३५ ग्राम चरेस बरामद भएको प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए।

यस्तै, पर्साको वीरगन्ज महानगरपालिका–१६ मा ना७ख ९७४४ नम्बरको ट्यांकर चेकजाँच गर्दा विभिन्न लागुऔषध पानीका बोतलमा खन्याएर राखेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।

ट्यांकर चालक बारा, जितपुर सिमरा–२१, अमलेखगन्जका २६ वर्षीय बिशाल खड्का र सहचालक १८ वर्षीय देवकुमार वललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

काठमाडौं महानगरपालिका–१५ चौमती बस्ने ४० वर्षीय नवीन शाहीलाई अन्दाजी १ केजी लागुऔषध चरेससहित प्रहरीले पक्राउ गरेको छ।
उनको घरमा लुकाई छिपाई राखेको अवस्थामा महानगरीय प्रहरी वृत्त, स्वयम्भूको टोलीले चरेससहित पक्राउ गरेको हो।

यस्तै, सर्लाहीको धनकौल गाउँपालिका–३, बागमती नदी छेउबाट लागुऔषध वालटेक्स २ सय ६९ पिससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा सिरहा, गोलबजार नगरपालिका–१ घर भएका ३४ वर्षीय सुनिल ठकुरी र बरहथवा नगरपालिका–५, हाथी डन्डा बस्ने २२ वर्षीय ईन्दल राम छन्।

बलराबाट राजघाट शंकरपुरतर्फ जादै गरेको ज४प २०७४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 07, 2020| 15:32 आइतबार, जेठ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।