सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ४२ कराेड हिनामिना गर्ने यातायातका चार हाकिमसहित १७ जनाविरुद्ध मुद्दा

४२ कराेड हिनामिना गर्ने यातायातका चार हाकिमसहित १७ जनाविरुद्ध मुद्दा

४१ करोड ९० लाख ५० हजार चार सय ३० रुपैयाँ राजस्व रकम हिनामिना गर्ने यातायात व्यवस्था कार्यालय (सवारी) कोसीका तत्कालीन चार कार्यालय प्रमुखसहित १७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
 |  आइतबार, जेठ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २५, २०७७

काठमाडौं- ४१ करोड ९० लाख ५० हजार चार सय ३० रुपैयाँ राजस्व रकम हिनामिना गर्ने यातायात व्यवस्था कार्यालय (सवारी) कोसीका तत्कालीन चार कार्यालय प्रमुखसहित १७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

तत्कालीन कार्यालय प्रमुख नयराज नेपालसहित १७ जनाविरुद्ध अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

अख्तियारमा परेको उजुरी आधारमा अनुसन्धान गर्दा नागरीक समाज इटहरीबाट यातायात व्यवस्था कार्यालय (सवारी) कोसीमा संकलित रकम राजस्व खातामा जम्मा नगरी हिनामिना गरेको खुलेको अख्तियारले जनाएको छ।

अनुसन्धानका क्रममा २०७३ चैतदेखि २०७४ असार मसान्तसम्मको उपलब्ध भएका तथ्यगत विवरण, प्रमाण कागजका आधार सेवाग्राहीबाट संकलित राजस्व प्रचलित कानुनबमोजिम सम्बन्धित राजस्व खातामा दाखिला नगरेको पाइएको अख्तियारले जनाएको छ।

तत्कालीन कार्यालय प्रमुख नेपालविरुद्ध एक करोड आठ लाख २९ हजार ६९ रुपैयाँ हिनामिना गरेको आरोपसहित बिगो असुल गरी जफत हुन माग दाबी लिइएको छ।

यस्तै तत्कालीन कार्यालय प्रमुख तीर्थराज लम्सालविरुद्ध तीन करोड ३० लाख ७९ हजार तीन सय ७३ रुपैयाँ हिनामिनाको आरोप छ।

अर्का तत्कालीन कार्यालय प्रमुख गोपाल थपलियाविरुद्ध एक करोड ३० लाख ७२ हजार एक सय ५३ रुपैयाँ तथा तत्कालीन कार्यालय प्रमुख भूपेन्द्र राईविरुद्ध ५६ लाख १२ हजार पाँच सय ४७ रुपैयाँ हिनामिनाको आरोपसहित मुद्दा दायर गरिएको छ।

तत्कालीन लेखा अधिकृत टीकाराम अधिकारीविरुद्ध एक करोड २५ लाख ४८ हजार ६ रुपैयाँ हिनामिनाको आरोप छ।

तत्कालीन लेखापालहरु सुरेश अधिकारीविरुद्ध तीन करोड ७२ लाख ४४ हजार सात सय ५५ रुपैयाँ, रुद्रप्रसाद दाहालविरुद्ध तीन करोड ४८ लाख ९३ हजार दुई सय १६ रुपैयाँ, अर्जुन भट्टराईविरुद्ध दुई करोड १७ लाख ३२ हजार चार सय ७३ रुपैयाँ तथा कृष्णप्रसाद कट्टेलविरुद्ध ७३ लाख ६२ हजार चार सय ५५ रुपैयाँ हिनामिनाको आरोप छ।

यस्तै कम्प्युटर अपरेटरहरु सुजन राईविरुद्ध २२ लाख ४४ हजार तीन सय ३६ रुपैयाँ, रमेश पौडेलल हरिमदन ढुङ्गेल र भूमिराज अधिकारीविरुद्ध जनही पाँच करोड ९४ लाख ९८ हजार ९ सय ३१ रुपैयाँ हिनामिनाको आरोप लागेको छ।

कम्प्युटर अपरेटरहरु दीपेन्द्रकुमार मण्डलविरुद्ध एक लाख ४६ हजार पाँच सय २६ रुपैयाँ, मैया कुमारी चापागाईंविरुद्ध २२ लाख ४४ हजार तीन सय ३६ रुपैयाँ, रविनकुमार विश्वासविरुद्ध ४५ हजार चार सय ६१ रुपैयाँ हिनामिनाको आरोप लागेको छ।
फोकस वान नेपाल प्रालिका कम्प्युटर अपरेटर राकेशरोशन मस्राङ्गी मगरविरुद्ध पनि पाँच करोड ९४ लाख ९८ हजार ९ सय ३१ रुपैयाँ हिनामिनाको आरोपसहित मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

 

प्रकाशित: Jun 07, 2020| 15:35 आइतबार, जेठ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।