सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमसीसी र संविधान संशोधन सँगै अघि बढाइने, नेकपाले बोलायो सचिवालय

एमसीसी र संविधान संशोधन सँगै अघि बढाइने, नेकपाले बोलायो सचिवालय

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नक्साका विषयमा संविधान संशोधनसँगै अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पनि अगाडि बढाउने तयारी गरेका छन्।
 |  आइतबार, जेठ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २५, २०७७

काठमाठौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नक्साका विषयमा संविधान संशोधनसँगै अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पनि अगाडि बढाउने तयारी गरेका छन्।

एमसीसी पारित गराउने विषयमा नेकपाले भोलि सचिवालय बैठक बोलाएको छ। भोलि दिउँसो ४ बजे प्रधानमन्त्री निवासमा सचिवालय बैठक बोलाइएको छ।

प्रधानमन्त्री ओली तत्कालै एमसीसी पारित गराउने पक्षमा छन् भने अर्का अध्यक्ष प्रचण्ड पार्टीका एमसीसी अध्ययन समितिले दिएको सुझावअनुसार अगाडि बढाउने पक्षमा छन्।

नेकपा स्रोतका अनुसार संसदमा रहेको नक्सा सम्बन्धि संविधान संशोधन पनि अगाडि बढाउने तयारी भएको छ। दुबै कुरा एकैसाथ पारित भए सरकारको विरोध मथ्थर हुने नेकपा नेताहरुको बुझाइ छ।

प्रकाशित: Jun 07, 2020| 14:55 आइतबार, जेठ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।