सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देशभर ३३ जना प्रहरी कोरोना संक्रमित, थप सुरक्षा सतर्कता अपनाउन प्रधान कार्यालयको निर्देशन

देशभर ३३ जना प्रहरी कोरोना संक्रमित, थप सुरक्षा सतर्कता अपनाउन प्रधान कार्यालयको निर्देशन

नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या देशभर ३३ पुगेको छ।
 |  आइतबार, जेठ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २५, २०७७

नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या देशभर ३३ पुगेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार कपिलवस्तुमा २ जना, बारामा ७, धनकुटामा २, बाँकेमा १, धनुषामा ९, सप्तरीमा २ र सिरहामा २ जनामा कोरोना संक्रमण देखिएको छ।

यस्तै सर्लाहीमा १ जना, जुम्लामा २, जाजरकोटमा १ र काठमाडौं उपत्यकामा ४ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमित ३३ मध्ये १४ जना भने संक्रमणमुक्त भइसकेका छन्। अन्यको भने विभिन्न अस्पतालका आइसोलेसनमा उपचार भइरहेको छ।

प्रधान कार्यालयले स्वास्थ्य सतर्कता अपनाएर प्रहरी परिचालन भएको जनाएको छ। देशभरका सबै युनिटमा क्वारेन्टिनमा निर्माण गरिएको छ।

प्रकाशित: Jun 07, 2020| 12:38 आइतबार, जेठ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।