सोमबार, भदौ ८, २०८३

निजी अस्पतालले तलब काटेपछि कर्मचारीले सरकार गुहारे

सरकारले लागू गरेको बन्दाबन्दी (लकडाउन)को अवधिमा निजी अस्पतालले कर्मचारीहरुको तलब कटौती गरेको भन्दै निजी अस्पताल तथा हेल्थ केयर कर्मचारी युनियन नेपाल (युनिफिन) ले आपत्ति जनाएको छ।
 |  आइतबार, जेठ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २५, २०७७

सरकारले लागू गरेको बन्दाबन्दी (लकडाउन)को अवधिमा निजी अस्पतालले कर्मचारीहरुको तलब कटौती गरेको भन्दै निजी अस्पताल तथा हेल्थ केयर कर्मचारी युनियन नेपाल (युनिफिन) ले आपत्ति जनाएको छ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै युनिफिनले सरकारले गरेका निर्णय पालना गराउन माग गरेको छ।

सकारले लकडाउनको अवधिलाई सार्वजनिक बिदा सरह मान्ने निर्णय गरेकोमा निजी अस्पतालहरुले कर्मचारीको बिदा कटौती गर्ने, बिदा बाँकी नभएका कर्मचारीको तलब कटौती गर्ने, करार अवधि सकिएका कर्मचारीलाई करार नथप्‍नेजस्ता काम गर्दै आएको ज्ञापनपत्रमा उल्लेख छ।

कर्मचारीमाथि अनावश्यक दबाब सिर्जना गरेर तलब कटौती गर्नेजस्ता न्यूनतम मानवीय संवेदनाहीन काममा अस्पताल प्रशासन अग्रसर भएको आरोप ज्ञापनपत्रमा लगाइएको छ।

 

प्रकाशित: Jun 07, 2020| 10:50 आइतबार, जेठ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।