सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बलात्कार आरोपमा पक्राउ परेका थिए प्रहरी हिरासतका कोरोना संक्रमित

बलात्कार आरोपमा पक्राउ परेका थिए प्रहरी हिरासतका कोरोना संक्रमित

प्रहरी हिरासतभित्रै कोरोना संक्रमित भएका किशोर बलात्कार आरोपमा पक्राउ परेको खुलेको छ ।
 |  आइतबार, जेठ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २५, २०७७

गोरखा- प्रहरी हिरासतभित्रै कोरोना संक्रमित भएका किशोर बलात्कार आरोपमा पक्राउ परेको खुलेको छ ।

पालुङ्टार नगरपालिका वडा नं ७ बुढीकुवाका १७ वर्षीय किशोर समकक्षीमाथि बलात्कार गरेको आरोपमा १० दिनअघि थुनामा परेको प्रहरीले जनाएको छ ।

उनी जीवनज्योति मावि च्याङ्लीमा कक्षा नौमा पढ्ने विद्यार्थी हुन् । हिरासतमा हाल उनीसहित दुईजना रहेका डिएसपी बासुदेव खतिवडाले जानकारी दिए ।

स्थानीय क्वारेन्टिनमा रहेकामा कोरोना पुष्टि नहुदै समुदायमा रहेका उनी कसरी संक्रमित भए भन्ने बारे चौतर्फी प्रश्न गरिएको छ । उनलाई गोरखा अस्पतालको आइसोलेशनमा पठाइएको जिप्रका गोरखाले जनाएको छ ।

उनको गाउँ बुढीकुवालाई सुरक्षित राख्दै कन्ट्याक ट्रेसिङ गर्न सुरु गरिएको नगरपालिकाका मेयर दीपकबाबु कँडेलले जानकारी दिए । उनका अनुसार पालुङ्टार नगरपालिका ७ मा गत बैशाख महिनादेखि यता भारतबाट १७ जना आएर क्वारेण्टाइनमा बसेका छन् ।

पालुङ्टार नगरपालिकामा गत बैशाखदेखि अहिलेसम्म भारतबाट ३५ जना आएका छन् । उनीहरुमध्य छ जनाको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित: Jun 07, 2020| 08:55 आइतबार, जेठ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।