सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • फेरि बैतडी र डोटीमा दुई युवाको क्वारेन्टिनभित्रै मृत्यु

फेरि बैतडी र डोटीमा दुई युवाको क्वारेन्टिनभित्रै मृत्यु

क्वारेन्टिनभित्रै मानिसको मृत्यु हुने क्रम बढेर गएको छ। शनिबार बेलुका र आइतबार बिहान गरेर बैतडी र डोटीमा थप दुई जनाको क्वोन्टिनभित्रै मृत्यु भएको छ ।
 |  आइतबार, जेठ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २५, २०७७

क्वारेन्टिनभित्रै मानिसको मृत्यु हुने क्रम बढेर गएको छ। शनिबार बेलुका र आइतबार बिहान गरेर बैतडी र डोटीमा थप दुई जनाको क्वोन्टिनभित्रै मृत्यु भएको छ ।

भारतबाट फर्किएर बैतडीको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा बसेका सोही वडाको सन्तोली घर भएका ३१ वर्षीय पुरुषको शनिबार राति मृत्यु हो ।

प्राथमिक स्वास्थ्य केन्द्र पाटनका स्वास्थ्य सहायक प्रेमसागर भट्टका अनुसार एक्कासि साँझ साढे ६ बजेतिर बेहोस भएका उनको उपचारकै क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा ८ः३० बजेतिर मृत्यु भएको हो ।

शनिबार बिहानमात्रै भारतको बैङ्गलोरबाट पाटन आइपुगेका ती व्यक्ति क्वारेन्टिनमा बसेका थिए।

मृतकको स्वाबको नमूना सङ्कलन गरिएको र कोरोना परीक्षणका लागि धनगढी पठाइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए ।

यसअघि पनि भारतबाट आएर क्वारेन्टिनमा बसेकी एक महिलाको यही जेठ २० गते मृत्यु भएको थियो ।

पुर्चौँडी नगरपालिका–४ भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेकी २२ वर्षीया ती महिलाको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो ।

यस्तै डोटीमा पनि क्वारेन्टिन भित्रै एक युवकको मृत्यु भएको छ । जिल्लाको केआई सिंह गाउँपालिका–३ को सिताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टाइनमा १९ वर्षीय युवकको आइतबार बिहान मृत्यु भएको हो ।

भारतबाट गत १९ गते डोटी आएका ती युवक २० गतेदेखि गाउँपालिकाको उक्त क्वारेन्टिनमा बसेका थिए। आइतबार बिहान उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसअघि बाजुरा, जुम्ला, बाँकेलगायतका जिल्लामा पनि क्वोन्टिनभित्रै मानिसहरुको मृत्यु भएको थियो। अहिलेसम्म कम्तीमा १० जनाको मृत्यु क्वारेन्टिनमै भइसकेको छ।

प्रकाशित: Jun 07, 2020| 08:20 आइतबार, जेठ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।