सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विदेशबाट फर्किएका नेपालीलाई क्वारेन्टिन बस्न होटलको सूची तयार

विदेशबाट फर्किएका नेपालीलाई क्वारेन्टिन बस्न होटलको सूची तयार

विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार सुरु गरेसँगै सरकारले उनीहरुलाई क्वारेन्टिनमा राख्न होटलहरुको सूची सार्वजनिक गरेको छ।
 |  आइतबार, जेठ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २५, २०७७

विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार सुरु गरेसँगै सरकारले उनीहरुलाई क्वारेन्टिनमा राख्न होटलहरुको सूची सार्वजनिक गरेको छ।

विदेशबाट फर्किनेहरुले आफ्नै खर्चमा तोकिएका होटलमा क्वारेन्टिन बस्नु पर्नेछ।

तोकिएका होटलमा काठमाडौं उपत्यकासहित चितवन, रुपन्देही र पोखराका छन्। चार तारे ३ वटा, तीन तारे ९ वटा, दुई तारे २ वटा, एक तारे ५ वटा र पर्यटक स्तरका २८ वटा होटल क्वारेन्टिनका लागि तोकिएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पहिलो चरणमा सो सूची सार्वजनिक गरेको हो। शुक्रबार म्यानमार र युएईबाट १ सय ९४ जना नेपाली सरकारको समन्वयमा स्वदेश फिर्ता भएका थिए ।

जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा नेपाली सेनाले उनीहरुको व्यवस्थापन गरिरहेको छ । विमानस्थलबाट होल्डिङ सेन्टर र क्वारेन्टाइनसम्मको व्यवस्थापन नेपाली सेनाले र होल्डिङ सेन्टरबाट सम्बन्धित प्रदेशले ती नागरिकहरुको व्यवस्थापन गर्नेछ।

यी हुन् क्वारेन्टिन बस्न सकिने होटल

प्रकाशित: Jun 07, 2020| 08:11 आइतबार, जेठ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।