गोरखा- गोरखामा पहिलो पटक कोरोना संक्रमित फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतमा रहेका १७ वर्षिय एक युवकसहित एकैपटक १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित ९ जना गण्डकी गाउँपालिकाका २५, ३२, २०, ४३, ३०, ३०, २१, ३१, २३ वर्षका पुरुष रहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर बिनोदबिन्दु शर्माले बताए।
नौ जना भारतबाट आएर गाउँपालिकाको बिभिन्न क्वारेन्टिनमा बसेकाहरु रहेका छन् भने एक जना प्रहरी हिरासतमा रहेका पालुङटार नगरपालिकाका युवक रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ।
कोरोना पोजेटिभ देखिएकाहरुलाई गोरखा अस्पतालको आईसोलेसनमा ल्याउने तयारी गरिएको छ।