सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना भाइरसबाट विश्वभर ४ लाखभन्दा बढीको मृत्यु, भारत बन्यो पाँचौं प्रभावित देश

कोरोना भाइरसबाट विश्वभर ४ लाखभन्दा बढीको मृत्यु, भारत बन्यो पाँचौं प्रभावित देश

कुल संक्रमणमध्ये करिब ३१ लाख ५८ हजार एक्टिभ केस रहेकोमा ५३ हजार ५८६ जना गम्भीर बिरामी छन्।
 |  आइतबार, जेठ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २५, २०७७

कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण ज्यान गुमाउनेको संख्या विश्वभर चार लाख नाघेको छ।

आज (आइतबार) बिहानसम्मको तथ्यांकअनुसार कोरोना भाइरस संक्रमणबाट चार लाख एक हजार ६०७ जनाले ज्यान गुमाइसकेका छन्।

यसैगरी संक्रमितको संख्या ६९ लाख ६६ हजार ४९० पुगेको छ। ३४ लाख ११ हजार संक्रमणमुक्त भएका छन्।

कुल संक्रमणमध्ये करिब ३१ लाख ५८ हजार एक्टिभ केस रहेकोमा ५३ हजार ५८६ जना गम्भीर बिरामी छन्।

अहिलेसम्म सबैभन्दा बढी अमेरिकामा एक लाख १२ हजारभन्दा धेरैको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा नै त्यहाँ ७०६ जनाले ज्यान गुमाएका छन्।

त्यसैगरी गएको २४ घण्टामा विश्वभर एक लाख २६ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

छिमेकी देश भारतमा शनिबार १० हजारभन्दा धेरैमा संक्रमण देखिएको छ। हिजो शनिबार भारतमा थप २९७ जनाले ज्यान गुमाएका छन्। संक्रमणको मामिलामा भारतले इटाली र

स्पेनलाई पनि उछिनेको छ। कोरोनाबाट अत्यधिक प्रभावित देशको सूचीमा भारत पाँचौं स्थानमा पुगिसकेको छ।

अहिलेसम्म त्यहाँ संक्रमणबाट ६ हजार ९४६ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या अढाइ लाख नजिक पुगेको छ।

तथ्यांक स्रोत : वर्ल्डओमिटर

 

प्रकाशित: Jun 07, 2020| 07:08 आइतबार, जेठ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।