सोमबार, भदौ ८, २०८३

देशभरका मालपोत कार्यालय आजदेखि खुल्ने

आज (आइतबार)देखि देशभरका सबै मालपोत कार्यालय खुल्ने भएका छन्।
 |  आइतबार, जेठ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २५, २०७७

आज (आइतबार)देखि देशभरका सबै मालपोत कार्यालय खुल्ने भएका छन्।

गएको चैत ११ गते बन्दाबन्दी (लकडाउन) सुरु भएपछि बन्द गरिएका मालपोत कार्यालय आजदेखि खोल्न भूमिसुधार तथा व्यवस्थापन विभागले मातहतका सबै कार्यालयलाई निर्देशन दिएको छ।

बन्दाबन्दीका कारण देशभरका भूमिसुधार तथा मालपोत कार्यालयबाट प्रदान गरिने सेवा अवरुद्ध भएको थियो। सरोकारवाला निकाय र सेवाग्राहीको न्यूनतम तथा आवश्यक सेवा सञ्चालन गर्न माग भएपछि कार्यालय खुल्न लागेका हुन्।

आजदेखि कार्यालय प्रमुखले अनिवार्य रुपमा कार्यालयमा उपस्थित भई अन्य कर्मचारीलाई पनि उपस्थित गराई स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर सेवा सञ्चालनमा ल्याउन विभागले भनेको छ।

प्रकाशित: Jun 07, 2020| 06:55 आइतबार, जेठ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।