सोमबार, भदौ ८, २०८३

अहिलेसम्म ७ वटा जिल्लामात्र कोरोनामुक्त

संक्रमण नदेखिएका ७ जिल्लामा प्रदेश १ का दुई जिल्ला, बागमती प्रदेशको १, गण्डकीका २, प्रदेश ५ को १ र कर्णालीका १ जिल्ला छन्।
 |  आइतबार, जेठ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २५, २०७७

पछिल्ला केही सातायता नेपालमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ।

शनिबार साँझसम्मको तथ्यांकअनुसार कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ३ हजार २३५ पुगेको छ। यीमध्ये ३६५ जना संक्रमणबाट मुक्त भएका छन् भने १३ जनाको मृत्यु भइसकेको छ।

भौगोलिक हिसाबले हेर्दा कोरोना संक्रमण देशका ७० जिल्लामा फैलिसकेको छ। ७ वटा जिल्लामात्र अहिलेसम्म कोरोना संक्रमणबाट सुरक्षित छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमण नदेखिएका ७ जिल्लामा प्रदेश १ का दुई जिल्ला, बागमती प्रदेशको १, गण्डकीका २, प्रदेश ५ को १ र कर्णालीका १ जिल्ला छन्।

प्रदेश १ का १४ जिल्लामध्ये इलाम र ओखलढुंगा मात्र अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट सुरक्षित छन् ।

प्रदेश २ का सबै आठवटै जिल्लामा कोरोना संक्रमण देखिइसकेको छ।

बागमती प्रदेशका १३ जिल्लामध्ये रसुवामा मात्र संक्रमण देखिएको छैन।

गण्डकी प्रदेशका ११ जिल्लामध्ये मनाङ र मुस्ताङमा कोरोना संक्रमण देखिएको छैन।

प्रदेश ५ का १२ जिल्लामध्ये रोल्पा बाँकी छ।

कर्णाली प्रदेशका १० जिल्लामध्ये रुकुम पश्चिममा संक्रमित भेटिएका छैनन्।

सुदूरपश्चिम प्रदेशका सबै ९ वटै जिल्लामा कोरोना संक्रमित भेटिएका छन्।

 

प्रकाशित: Jun 07, 2020| 06:39 आइतबार, जेठ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।