सोमबार, भदौ ८, २०८३

यात्रु चार्टर्ड उडानमा प्रतिबन्ध

नागरिक उड्डयन प्राधिकरणले शनिबार एक सूचना जारी गरी कूटनीतिक माध्यमबाट हुने चार्टर्ड उडानबाहेक अन्य सबै उडानमा रोक लगाएको हो।
 |  शनिबार, जेठ २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २४, २०७७

काठमाडौं- कोरोना भाइरस संक्रमण जोखिमका कारण लकडाउन जारी भई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय हवाई उडान ठप्प भएका बेला केही अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीले चार्टर्ड उडानका नाममा मनपरी भाडा असुल गर्न थालेपछि सरकारले त्यस्ता उडानमा रोक लगाएको छ।

नागरिक उड्डयन प्राधिकरणले शनिबार एक सूचना जारी गरी कूटनीतिक माध्यमबाट हुने चार्टर्ड उडानबाहेक अन्य सबै उडानमा रोक लगाएको हो।

प्राधिकरणको एयर ट्रान्सपोट्रेसन डिभिजन प्रमुख सचितभक्त पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'आजैका मितिदेखि ट्राभल एजेन्सी र एयरलायन्सले सरकारलाई झुक्याएर गर्ने चार्टर्ड उडानमा रोक लगाइएको छ।'

विज्ञप्तिमा टिकट बिक्रीवितरण नगर्न पनि ट्राभल एजेन्टहरुलाई रोक लगाइएको जनाइएको छ।

सरकारले चैत ९ गतेदेखि अन्तर्राष्ट्रिय र ११ गतेदेखि आन्तरिक व्यावसायिक उडानमा रोक लगाएको छ।

यसबीचमा कूटनीतिक माध्यमबाट हुने उडानबाहेक केही ट्राभल एजेन्ट र एयरलाइन्सले चार्टर्ड उडानका नाममा मनपरी भाडा असुल्न थालेपछि सरकारले रोक लगाएको हो।

प्रकाशित: Jun 06, 2020| 22:07 शनिबार, जेठ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।