सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सेती अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि, मृतककाे संख्या १३ पुग्याे

सेती अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि, मृतककाे संख्या १३ पुग्याे

मन्त्रालयले शनिबार डोल्पा जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुष र धनगढी उपमहानगरपालिका-४ की ५५ वर्षीया महिलाको मृत्यु भएकाे पुष्टि गरेकाे हाे।
 |  शनिबार, जेठ २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २४, २०७७

काठमाडौं- काेरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

मन्त्रालयले शनिबार डोल्पा जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुष र धनगढी उपमहानगरपालिका-४ की ५५ वर्षीया महिलाको मृत्यु भएकाे पुष्टि गरेकाे हाे। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ।

डाेल्पाका पुरुष दमका रोगी र धनगढीकी महिला मिर्गौला रोगबाट पीडित थिए।

धनगढी उप–महानगरपालिका–४ की महिलाको शुक्रबार अस्पतालको डायलासिस वार्डमा मृत्यु भएको थियो। ती महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

लामो समयदेखि मिर्गौला रोगबाट पीडित उनी पहिलोपटक डायलासिस गराउन लागि सेती अस्पताल पुगेका थिइन्। डायलासिसअघि उनको आरडीटी रिपोर्ट भने नेगेटिभ आएको डायलासिस वार्डका व्यवस्थापक दीपक भट्टले जानकारी दिए।

मृत्युपछि थ्रोट स्वाबको नमुना संकलन गरी धनगढी प्रयोगशालामा पठाइएकोमा कोरोना पुष्टि भएको उनले बताए।

मृतकमा कोरोना पुष्टि भएपछि डायलासिस वार्ड सिल गरिएको छ। मृतक महिला यसअघि नेपालगन्ज र काठमाडौंमा डायलासिस गराउँदै आएकी थिइन्।

योसँगै सुदूरपश्चिममा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ। यसअघि जेठ १८ गते सुदूरपश्चिममा पहिलोपटक कोरोना भाइरसबाट बाजुराकी दुई वर्षीय बालिकाको मृत्यु भएको थियो।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बारामा एक, ललितपुरमा एक, अर्घाखाँचीमा एक, दैलेखमा एक, बाजुरामा एक, दोलखामा एक, पाल्पामा एक, सुर्खेतमा एक गरी १३ जनाको मृत्यु भएको छ।

 

प्रकाशित: Jun 06, 2020| 17:15 शनिबार, जेठ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।