सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २ मा कोरोना संक्रमितको संख्या एक हजार नाघ्यो, धनुषाका दुई स्वास्थ्यकर्मीमा संक्रमण

प्रदेश २ मा कोरोना संक्रमितको संख्या एक हजार नाघ्यो, धनुषाका दुई स्वास्थ्यकर्मीमा संक्रमण

प्रदेश २ मा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । शनिबार ८३ जना थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या एक हजारभन्दा बढी भएको हो ।
 |  शनिबार, जेठ २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २४, २०७७

प्रदेश २ मा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । शनिबार ८३ जना थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या एक हजारभन्दा बढी भएको हो ।

८३ जना थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १ हजार ६६ पुगेको छ । शनिबार सबैभन्दा बढी महोत्तरीमा ३५ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

धनुषामा ८ जनामा संक्रमण पुष्टि भएकामध्ये एकजना प्रहरीसमेत रहेको बताइएको छ । जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठास्थित क्वारेन्टिनमा खटिएका एकजना  प्रहरीमा समेत कोरोना पुष्टि भएको छ । संक्रमित प्रहरी क्वारेन्टिन अनुगमनमा आउनेजाने गरेको बताइएको छ ।

यसैगरी सोही क्वारेन्टिनमा खटिएका दुईजना स्वास्थ्यकर्मीमा समेत संक्रमण पुष्टि भएको छ । ५/६ दिनअघि क्वारेन्टिनमा खटिएका दुबै स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हो ।
यता, महोत्तरी जिल्लामा जलेश्वर क्वारेण्टाइनका १७ जना पुरुष, मटिहानी क्वारेण्टाइनका ७ जना पुरुष, एकडारा क्वारेण्टाइनका ६ जना पुरुष, गौशाला क्वारेन्टाइनका २ जना पुरुष तथा सोही क्वारेन्टाईनका १ जना महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

उनीहरु मध्ये गौशला क्वारेन्टाइनका २२ बर्षिय १ जना महिला संक्रमण पुष्टि भएको छ भने अन्य क्वारेन्टाईनमा ११ देखी ४४ बर्ष उमेर समुहका ३४ जना पुरुषहरु संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय प्रयोगशाला टेकु काठमाण्डांैबाट प्राप्त विवरण अनुसार सर्लाही जिल्लामा रामनगर गाउँपालिकाका १६ जना, मलंगवा नगरपालिकाका ८ जना र ईश्वरपुर नगरपालिकाका ३ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । उनीहरु १६ देखि ३६ बर्ष उमेर समुहका रहेको बुझिएको छ ।

रौतहट जिल्ला ईशनाथ नगरपालिकामा सञ्चालित क्वारेन्टाईनमा रहेको ४ जना पुरुष र २ जना महिलामा समेत कोरोना संक्रमणको पुष्टि भएको छ ।

प्रदेश २ मा हालसम्म १ सय ५९ जना कोरोना संक्रमित ब्यक्तिहरु उपचार पश्चात निको भएर घर फर्किएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित: Jun 06, 2020| 16:47 शनिबार, जेठ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।