सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ४,१११ जनाको परीक्षण गर्दा ३२३ जनामा कोरोना पोजेटिभ, संक्रमितको कुल संख्या ३,२३५

४,१११ जनाको परीक्षण गर्दा ३२३ जनामा कोरोना पोजेटिभ, संक्रमितको कुल संख्या ३,२३५

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ हजार २३५ पुगेको छ। शनिबार थप ३२३ जनामा संक्रमण पुष्टि भएसँगै कुल संख्या ३२ सय नाघेको हो।
 |  शनिबार, जेठ २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २४, २०७७

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ हजार २३५ पुगेको छ। शनिबार थप ३२३ जनामा संक्रमण पुष्टि भएसँगै कुल संख्या ३२ सय नाघेको हो। हालसम्म ७० जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ।

हालसम्म पीसीआर विधिबाट ९२ हजार ४७७ जनाको कोरोना परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा ४ हजार १११ वटा पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ। देशभर २१ वटा पीसीआर परीक्षण गर्ने मेसिन छन्।

त्यसैगरी आरडीटी विधिबाट अहिलेसम्म १ लाख ३७ हजार ४३७ जनाको कोरोना परीक्षण भएको छ।

हाल देशभर १ लाख ६८ हजार ३१ जना क्वारेन्टिनमा छन्। त्यसैगरी विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा २ हजार ८५७ जना आइसोलेसनमा छन्।

३६५ जना भने कोरोना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका छन्।

हालसम्म कोरोना संक्रमण पुष्टि भएका १३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।

 

प्रकाशित: Jun 06, 2020| 16:36 शनिबार, जेठ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।