सोमबार, भदौ ८, २०८३

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या सय नाघ्यो

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या एक सय नाघेको छ। शनिबार थप १३ जनामा कोरोना पुष्टि भएसँगै प्रदेशभर कुल संक्रमितको संख्या एक सय पाँच पुगेको हो।
 |  शनिबार, जेठ २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २४, २०७७

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या एक सय नाघेको छ। शनिबार थप १३ जनामा कोरोना पुष्टि भएसँगै प्रदेशभर कुल संक्रमितको संख्या एक सय पाँच पुगेको हो।

धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप १३ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार नयाँ संक्रमितहरुमा बझाङका ६, कैलाली र काठमाडौँका दुई–दुई, अछाम, कञ्चनपुर, डडेल्धुराका एक–एक जनामा कोरोना पुष्टि भएको हो।

संक्रमित हुनेमा बझाङका २५, ३८, ५७ र ७० वर्षीय पुरुष तथा दुई जना ४० वर्षीया महिला छन्। उनीहरूमध्ये पाँचजना भारतको दिल्लीबाट र एकजना काठमाडौंबाट बझाङ पुगेका थिए।

जिल्ला अस्पताल बझाङका डाक्टर मिलन खड्काले संक्रमितलाई खप्तडछान्ना गाउँपालिकाले नै बनाएको आइसोलेसनमा राखिएको बताए।

यस्तै कैलालीको गोदावरी नगरपालिका ४१ वर्षीय पुरुष, धनगढी उप–महानगरपालिका–४ की ५५ वर्षीय महिला, कञ्चनपुरको महाकाली नगरपालिका–३ का ३८ वर्षीय पुरुष, काठमाडौँका १८ र ३८ वर्षीय पुरुष, अछामको मंगलसैसन नगरपालिका– १ की ५२ वर्षीय महिलामा कोरोना पुष्टि भएको छ।

यस्तै डडेल्धुरामा एक सुत्केरीलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। अस्पतालका निमित्त मेसु डाक्टर जगदिश विष्टले नवदुर्गा गाउँपालिका–४ सिरोडकी २१ वर्षीय महिलालाई कोरोना भएको पुष्टि गरे।

२३ गते अस्पतालमा शिशु जन्माएकी उनको कोरोना रिपोर्ट पोजेटिभ आएको छ।

प्रकाशित: Jun 06, 2020| 16:21 शनिबार, जेठ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।