कपिलवस्तु- जिल्लामा थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कपिलवस्तुमा संक्रमितको संख्या ५२३ पुगेको छ।
महाराजगन्ज नगरपालिकाका वर्ष ४ देखि ४६ सम्मका ३१ पुरुष र वर्ष ६ देखि ५५ सम्मका ६ महिला गरी कुल ३७ जनामा कोरोना पुष्टि भएको हो।
यस्तै यशोधरा गाउँपालिका वाड न ७ की २५ वर्षीया महिला र २५ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको छ।
सबै नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौंमा परीक्षण गरिएको जिल्ला स्वास्थ कार्यलय, कपिलवस्तुले जानकारी दिएको छ।