सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कञ्चनपुरमा साइकललगायत सामग्री चोरी आरोपमा २४ जना पक्राउ

कञ्चनपुरमा साइकललगायत सामग्री चोरी आरोपमा २४ जना पक्राउ

कञ्चनपुरमा साइकललगायत अन्य सामग्री चोरीमा संलग्न रहेको आरोपमा २४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  शनिबार, जेठ २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २४, २०७७

काठमाडौं- कञ्चनपुरमा साइकललगायत अन्य सामग्री चोरीमा संलग्न रहेको आरोपमा २४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

लकडाउनको समयमा महेन्द्रनगर बजार क्षेत्रका विभिन्न ठाउँबाट ४२ वटा साइकल तथा अन्य सामग्री चोरीमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको हो।

साइकल चोरीमा संलग्न चार जना र अन्य सामग्री चोरीमा २० जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता एवं डीएसपी (प्रहरी नायब उपरीक्षक) रवीन्द्रनाथ पौडेलले जानकारी दिए।

साइकल चोरीमा संलग्न भीमदत्त नगरपालिका–१८, बागवाणीका ३२ वर्षीय जितेन्द्र बम, २० वर्षीय रोशन दमाई, वडा नम्बर ६ का २० वर्षीय सन्तोष ओखेडा र वडा नम्बर ४ का १८ वर्षीय नवीन कार्की छन्।

उनीहरुले काठमाडौंबाट ल्याएको भन्दै चोरीका साइकल बजार क्षेत्र नजिकैका मझगाउ, भासी, सिसैया, बिचपुरी गाउँमा लगी बिक्री गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

बरामद गरिएका साइकलमध्ये केहीको धनी पहिचान भई कारवाही चलिरहेको प्रहरीले जनाएको छ। प्रहरीले साइकल हराएका व्यक्तिलाई आफूसँग भएको कागजात तथा साइकलको हुलियासहित उपस्थित हुन आह्वान गरेको छ।

यसैगरी विद्यालय, खोका पसल तथा घरमा चोरी गरेको आरोपमा २० जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

चोरीमा संलग्न १८ देखि ३२ वर्ष उमेर समूहका युवा छन्। उनीहरुविरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 06, 2020| 14:31 शनिबार, जेठ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।