शुक्रबार, पुस ११, २०८२
  • गृहपृष्ठ
  • समाज
  • मृत्युपछि स्वाब संकलन, अन्त्येष्टिपछि कोरोना पोजेटिभ

मृत्युपछि स्वाब संकलन, अन्त्येष्टिपछि कोरोना पोजेटिभ

मृत्युपछि स्वाब संकलन गरिएका डोल्पाको जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुषको दाहसंस्कारपछि कोरोना पीसीआर रिपोर्ट पोजेटिभ आएको छ।
 |  शनिबार, जेठ २४, २०७७

देव राना

देव राना

शनिबार, जेठ २४, २०७७

सुर्खेत- मृत्युपछि स्वाब संकलन गरिएका डोल्पाको जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुषको दाहसंस्कारपछि कोरोना पीसीआर रिपोर्ट पोजेटिभ आएको छ।

National life

मृत्युपछि २० गते स्वाब संकलन गरिएका उनकाे शनिबार पीसीआर रिपोर्ट पोजेटिभ आएको हो।

स्वाब संकलनपछि मृतकको दाहसंस्कार भइसकेको छ। ‘मृतक लामो समयदेखि दमका रोगी थिए। स्वाब संकलनपछि परिवारले दाहसंस्कार गरिसकेका छन्,’ जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी प्रमुख नारायण रञ्जितकारले भने, ‘संक्रमित क्षेत्रमा नगएका कारण परिवारले दाहसंस्कार गरे तर रिपोर्ट पोजेटिभ आयो।’

मृतकको रेखदेखमा खटिएका उनका पत्नी र भाइको रिपोर्ट भने नेगेटिभ आएको छ। मृतकको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) मा कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ आएको अस्पताल निर्देशक डाक्टर मंगल रावलले जनाए।

‘दुई पटकसम्म परीक्षण गर्यौं तर मृतकको रिपोर्ट पोजेटिभ आयो’, निर्देशक रावलले भने, ‘परिवारका २ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ।’

Laxmi sunrise bank
kumari

भौगोलिक विकटताका कारण स्वाब अस्पतालमा आइपुग्न समय लागेको अस्पतालले जनाएको छ। उनको सम्पर्कमा आएका सबैको पीसीआर परीक्षण गरिनेछ।

जगदुल्ला गाउँपालिका अध्यक्ष नारासी रोकाले मृतक दुई वर्षदेखि दमको रोगी भएका कारण दाहसंस्कार भइसकको जनाए।

‘माघदेखि सुर्खेतमै बसेका थिए’, गाउँपालिका अध्यक्ष रोकाले भने, ‘मृतक उपचारका लागि अस्पताल जान्थे, आफन्तको घरमा बस्थे तर कहाँबाट कोरोना संक्रमित भयो हामी दंग परेका छौं।’

जेठ १८ गते गाउँ पुगेका उनलाई दम भएका कारण घरमै राखिएको थियो। मृतकको रिपोर्ट सार्वजनिक भएपछि गाउँपालिका सिल गरिएको छ।

मृतकको प्रत्यक्ष सम्पर्क व्यक्तिहरुको तथ्यांक संकलन भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय डोल्पामा प्रमुख डाक्टर सिजन रावलले बताए। उनका अनुसार अहिलेसम्म १८ जना सम्पर्कमा आएका छन्। बाँकी व्यक्तिको तथ्यांक संकलन जारी गरहेको रावलको भनाइ छ ।

प्रकाशित: Jun 06, 2020| 14:25 शनिबार, जेठ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।