सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पत्रकारमाथि आक्रमण, धम्की र दुर्व्यवहार रोक्न आयोगको आग्रह

पत्रकारमाथि आक्रमण, धम्की र दुर्व्यवहार रोक्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले पत्रकारहरुलाई आवश्यक सूचना उपलब्ध गराउन, पत्रकारमाथिको आक्रमण, धम्की र दुर्व्यवहार रोक्न आग्रह गरेको छ।
 |  शनिबार, जेठ २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २४, २०७७

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले पत्रकारहरुलाई आवश्यक सूचना उपलब्ध गराउन, पत्रकारमाथिको आक्रमण धम्की र दुर्व्यवहार रोक्न आग्रह गरेको छ।

आयोगले शनिबार विज्ञप्ति प्रकाशित गरी लकडाउनको अवधिमा समाचार संकलनका क्रममा हिँडेका २२ जना सञ्चारकर्मी गिरफ्तार, आक्रमण, धम्की र दुर्व्यहारमा परेको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएको हो।

आयोगले श्रमजीवी पत्रकारहरुको पारिश्रमिक सुनिश्चित गरी सूचनाको पहुँचलाई सहज बनाउन, पत्रकारको सुरक्षाका सम्बन्धमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तथा कार्यक्रम ल्याई कार्य गर्नसमेत आग्रह गरेको छ।

विज्ञप्तिमा भनिएको छ, 'पत्रकारहरुलाई सरकारी निकायबाट सूचना प्रदान गर्न इन्कार गर्ने गरिएको, कतिपय श्रमजीवी पत्रकारहरुले पारिश्रमिक प्राप्त गर्न नसकेको, पत्रकारिता पेशाबाटै विस्थापित हुनुपर्ने परिस्थिति रहेको र कतिपय सञ्चारमाध्यमहरु बन्द हुने अवस्थामा रहेको जस्ता कारणबाट नेपालको संविधानबमोजिमको विचार र अभिव्यक्ति स्वतन्त्रताको हक, सञ्चारको हक तथा सूचनाको हकबाट वञ्चित हुने देखिन्छ।'

क्वारेन्टिन व्यवस्थित बनाउन आग्रह

आयोगले झापा, रौतहट, पर्सा, सर्लाही, सप्तरी, कपिलवस्तु, बाँके, दैलेख, कञ्चनपुरलगायत जिल्लाका अधिकांश क्वारेन्टिन न्यूनतम मापदण्डविपरीत सञ्चालनमा रहेकाले तिनलाई व्यवस्थित बनाउन ध्यानाकर्षण गराएको छ।

आयोगले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि देशभर सञ्चालित क्वारेन्टिन मापदण्डअनुरुप व्यवस्थित रुपले सञ्चालन गर्न, क्वारेन्टिनमा रहेकाहरुको पीसीआर परीक्षणलाई तीव्रता दिन सरकारसँग माग गरेको छ।

प्रकाशित: Jun 06, 2020| 14:00 शनिबार, जेठ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।