सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जब प्रहरीलाई देखेपछि टाउकोमा बोकेको १५ लाख छोडेर भागे

जब प्रहरीलाई देखेपछि टाउकोमा बोकेको १५ लाख छोडेर भागे

अवैध रुपमा नेपाल भित्र्याउन लागेको १५ लाख रुपैयाँ सशस्त्र प्रहरीले बारामा बरामद गरेको छ।
 |  शनिबार, जेठ २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २४, २०७७

अवैध रुपमा नेपाल भित्र्याउन लागेको १५ लाख रुपैयाँ सशस्त्र प्रहरीले बारामा बरामद गरेको छ।

बारास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गणबाट खटिएको टोलीले शनिबार बिहान १५ लाख रुपैयाँ बरामद गरेको हो।

बिहान करिब चार बजेको समयमा सिम्रौनगढ नगरपालिका अमरपुर नाकाको नहरचोकको बाटो हुँदै टाउकोमा बोकी भारतबाट अवैध रूपमा ल्याएको कपडा र १५ लाख रुपैयाँ छोडेर एक जना भागेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बिओपि गोलागंजबाट सशस्त्र प्रहरी निरीक्षक कबिर मल्लको नेतृत्वकोे टोलीलाई देख्नासाथ सामान र पैसा छोडी व्यक्ति भारततर्फ भागेका थिए।

लकडाउनकै अवधिमा पनि भारतबाट अबैध रुपमा भित्रिएको लाखौं रुपैयाँ बारा र पर्सामा प्रहरीले बरामद गरेको छ।

प्रकाशित: Jun 06, 2020| 13:43 शनिबार, जेठ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।