सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भरतपुर अस्पतालको आईसीयूमा एक युवाको मृत्यु, दुई साताअघि भारतबाट आएका थिए

भरतपुर अस्पतालको आईसीयूमा एक युवाको मृत्यु, दुई साताअघि भारतबाट आएका थिए

भारतबाट करिब दुई साताअघि चितवनको माडी आएका एक युवकको भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएको छ।
 |  शनिबार, जेठ २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २४, २०७७

माडी नगरपालिकाका २७ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो।

उनमा ज्वरो र खोकीको समस्या बढ्दै गएपछि शुक्रबार दिउँसो भरतपुर अस्पतालको कोभिड आईसीयूमा भर्ना गरिएको थियो ।

उनको स्वास्थ्यमा एक्कासि समस्या आएपछि हिजो दिउँसो २ः३० बजे भरतपुर अस्पतालमा ल्याइएको थियो। कोरोनाका कारण मृत्यु भए नभएको यकिन गर्न अहिले परीक्षणका लागि उनको स्वाब निकाल्ने तयारी भइरहेको अस्पताल श्रोतको भनाइ छ।

प्रकाशित: Jun 06, 2020| 12:47 शनिबार, जेठ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।