सोमबार, भदौ ८, २०८३

कोरोना संक्रमणबाट डोल्पामा एक जनाको मृत्यु

डोल्पामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणका एक जनाको मृत्यु भएको छ।
 |  शनिबार, जेठ २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २४, २०७७

सुर्खेत- डोल्पामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणका एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुष छन्। उनको जेठ २० गते मृत्यु भएको थियो।

मृत्युपछि उनको कोरोना परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल), जुम्लाका निर्देशक डा. मंगल रावलले जनाकारी दिए।

“चार दिनअघि नै मृत्यु भएको थियो, दुई दिन हिँडेर स्वाब संकलन गरेर ल्याएका थियौं, दुई पटक परीक्षण गर्दा पनि कोरोना संक्रमण देखियो,” डा. रावलले भने, “परीक्षणपछि कोरोनाकै कारण मृत्यु भएको पुष्टि भयो, उनको सम्पर्कमा आएका व्यक्तिको पनि भोलि नै स्वाब संकलन गरिनेछ।”

ती पुरुष जेठ १८ गते नेपालगञ्जबाट डोल्पा पुगेका थिए।

प्रकाशित: Jun 06, 2020| 12:39 शनिबार, जेठ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।