धनगढी- सुदूरपश्चिम प्रदेशको बाजुरामा क्वारेन्टिनमा रहेका वृद्धको मृत्यु भएको छ।
खप्तड छेडेदह गाउँपालिका-७ का ६५ वर्षीय वृद्धको शुक्रबार राति मृत्यु भएको बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले जानकारी दिए। उनका अनुसार स्थानीय मष्टा आधारभूत विद्यालयमा रहेका ती पुरुषलाई दमको समस्या थियो।
क्वारेन्टिनको अवस्था अनुगमन र मृतकको कोरोना भाइरस (कोभिड-१९)को संक्रमण परीक्षणका लागि स्वाब संकलन गर्न स्वास्थ्यकर्मी सहितको टोली लिएर त्यसतर्फ जाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताए।
ती पुरुष भारतको हिमाञ्चलबाट यही जेठ १५ गते फर्किएका थिए।