सोमबार, भदौ ८, २०८३

गण्डकीमा थप १७ जनामा कोरोना पुष्टि

आज बिहान कास्की, स्याङ्जा, बागलुङ र नवलपरासीमा गरी थप १७ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमित बढेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
 |  शनिबार, जेठ २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २४, २०७७

पोखरा- गण्डकी प्रदेशमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएकाको सङ्ख्या ७५ पुगेको छ ।

आज (शनिबार) बिहान कास्की, स्याङ्जा, बागलुङ र नवलपरासीमा गरी थप १७ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमित बढेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

रुपा गाउँपालिकामा २३ र ३२ वर्षका दुई र पोखरा महानगरपालिकाका ५९ वर्षीय एक पुरुष गरी कास्कीमा तीन जनामा सङ्क्रमण पुष्टि भएको छ ।

स्याङ्जाको वालिङ नगरपालिकाका १६, १९, २५, २३, ३२, ४४, ५२ र ५४ वर्षीय आठ पुरुष र हरिनास गाउँपालिकाका १८ र ४० वर्षका दुई गरी १० थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो ।

बागलुङको ताराखोला गाउँपालिकाका एक ३९ वर्षीय पुरुष, नवलपरासी बर्दघाट सुस्ता पूर्वको विनय त्रिवेणी गाउँपालिकाका १८, १९ र २७ वर्षीय तीन पुरुषमा कोभिड–१९ पुुष्टि भएको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

सङ्क्रमितलाई अहिले सम्बन्धित जिल्लाको अस्पतालमा रहेको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले बताए ।

कोभिड–१९ पुष्टि भएका बिरामीमध्ये हालसम्म तीन उपचार गराएर निको भएपछि घर फर्किएका र बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको निर्देशनालयले जनाएको छ ।

बागलुङका दुई र लमजुङका एक निको भएका छन् । प्रदेशमा हालसम्म चार हजार ६८७ को पिसीआर परीक्षणका लागि नमूना सङ्कलन गरिएकामा तीन हजार ८७७ जनामा सङ्क्रमण देखिएको छैन । परीक्षणका लागि नमूना लिइएकामध्ये ७५४ जनाको नतिजा आउन बाँकी छ ।

प्रकाशित: Jun 06, 2020| 10:35 शनिबार, जेठ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।