सोमबार, भदौ ८, २०८३

भोलिबाट रोकिनेछ झरी, यस्ताे हुनेछ तीन दिनकाे माैसम

आज अपरान्हबाट केहि ठाउँको मौसममा सुधार हुनेछ भने केहि स्थानमा भोलिबाट मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
 |  शनिबार, जेठ २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २४, २०७७

काठमाडौं- पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण केहि दिन यता लागतार परेको झरि भोलि (आइबार) बाट रोकिने भएको छ ।

आज (शनिबार) अपरान्हबाट केहि ठाउँको मौसममा सुधार हुनेछ भने केहि स्थानमा भोलिबाट मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार अब क्रमश मौसम सफा हुँदै जाने छ । तर, केहि स्थानमा भने सामान्य र मध्यम खालको क्षणिक वर्षा हुने सम्भावना कायमै छ। काठमाडौं उपत्यकाको हकमा आज अपरान्हबाट मौसम सफा हुने छ ।

यतिखेर देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका केहि स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइराखेको छ । प्रदेश ५ र प्रदेश २ का थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको मौसमी विवरणअनुसार आज प्रदेश १, २, र बागमती प्रदेशमा पूर्ण बदली तथा गण्डकी, कर्णाली, सुदुरपश्चिम र प्रदेश ५ मा सामान्य बदली रहनेछ ।

यस्तै भोलि आइतबार प्रदेश १, बागमती, गण्डकी प्रदेशका केही स्थानहरुमा र कर्णाली, सुदुरपश्चिम प्रदेश र प्रदेश २ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

सोमबार गण्डकी, बागमती, कर्णाली, सुदुरपश्चिम प्रदेशमा सामान्य बदली तथा प्रदेश २ र ५ मा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती, गण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली, सुदुरपश्चिम, प्रदेश २ र ५ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार यो वर्ष प्री मनसुनमा अघिल्ला वर्षहरुको तुलानामा अधिक वर्षा भएको छ ।

जेठ महिनामा दिपाय, धनगढी, नेपालगञ्ज, सुर्खेत, पोखरा र सिमरामा औसतभन्दा बढि वर्षा भएको छ । वैशाख महिनामा मात्रै अघिल्लो वर्षको भन्दा ४० प्रतिशत बढि पानी परेको छ ।

प्रकाशित: Jun 06, 2020| 10:04 शनिबार, जेठ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।