सोमबार, भदौ ८, २०८३

कोरोना संक्रमणमा इटालीलाई पनि उछिन्यो भारतले

इटालीलाई उछिन्दै छिमेकी मुलुक भारत कोरोनाबाट अत्ति प्रभावित छैटौं मुलुक बनेको छ ।
 |  शनिबार, जेठ २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २४, २०७७

काठमाडौं- इटालीलाई उछिन्दै छिमेकी मुलुक भारत कोरोनाबाट अत्ति प्रभावित छैटौं मुलुक बनेको छ ।

इटालीमा भन्दा १ हजार ६ सय ५३ जना बढि संक्रमित रहेको भारतमा शनिबार बिहानसम्ममा २ लाख ३६ हजार १ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ । इटालीमा भने २ लाख ३४ हजार ५ सय ३१ जना संक्रमित भएका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा मात्रै ९ हजार ४ सय ७१ जना संक्रमित थपिएका छन् । पछिल्लो एक सातामा ६२ हजार ६ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ ।

बिहीबार ९ हजार ८ सय ८९ जनामा संक्रमण पुष्टि भएको थियो । बुधबार ९ हजार ६ सय ३३, मंगलबार ८ हजार ८ सय २१, सोमबार ७ हजार ७ सय ६१ आइतबार ८ हजार ७ सय ८२, शनिबार ८ हजार ३ सय ३६ जना संक्रमित भएका थिए ।

यस्तै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या भने ६ हजार ६ सय ४९ पुगेको छ । शुक्रबार एकै दिनमा २ सय ८६ जनाको मृत्यु भएको छ । एकै दिनमा यति ठूलो संख्यामा मृत्यु भएको पहिलो पटक हो । बिहीबार २ सय ७५ जनाको मृत्यु भएको थियो ।

कोरोनाबाट भारतको महाराष्ट्र सबैभन्दा बढि प्रभावित भएको छ । जहाँ ८० हजार २ सय २९ जना संक्रमित भएका छन् भने २ हजार ८ सय ४९ जनाको मृत्यु भएको छ ।

दोस्रो बढि प्रभावित राज्य तमिलनाडुमा २८ हजा ६ सय ९४ जना संक्रमित भएका छन् भने २ सय ३५ जनाको मृत्यु भएको छ । तेस्रो प्रभावित दिल्लीमा २६ हजार ३ सय ३४ जना संक्रमित भएका छन् भने ७ सय ८ जनाको मृत्यु भएको छ ।

प्रकाशित: Jun 06, 2020| 08:54 शनिबार, जेठ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।