सुर्खेत - जुम्लाको क्वारेन्टिनमा मृत्यु भएका एक वृद्धमा कोरोना संक्रमण नरहेको पुष्टि भएको छ। चन्दननाथ नगरपालिका वडा नं ८ का ६५ वर्षीय उनको विहीबार राति क्वारेन्टिनमै मृत्यु भएको थियो।
क्वारेन्टिनमै मृत्यु भएपछि उनको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको थियो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) को प्रयोगशालामा कोरोना परीक्षण गर्दा पीसीआर रिपोर्ट नेगेटिभ आएको अस्पतालका निर्देशक डाक्टर मंगल रावलले जनाए।
जेठ २१ गते बर्दियाबाट गाउँ फर्किएका उनी चन्दननाथ नगरपालिका-८ धुपी ढुस्का माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका थिए। मृतक लामो समयदेखि दम र मुटुका रोगी थिए।