सुर्खेत- कर्णाली प्रदेशमा आज पहिलो पटक सात जना कोरोना संक्रमित संक्रमणमुक्त भएर फर्किएका छन्।
प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकलपर्सन डा. केएन पौडेलका अनुसार दैलेखका एक र सुर्खेत ५ जना गरी ६ जना कोरोना संक्रमणमुक्त भएका हुन्।
कोरोनालाई जित्नेहरुमा वीरेन्द्रनगर नगरपालिका वडा नं. १ धारापानीका १६ वर्षीय उमेश कठायत, वडा नम्बर ३ तातापानीका २६ वर्षीय यामराज सोनी, वडा नं ८ का १७ वर्षे लक्ष्मण राना, वडा नं.४ का ३७ वर्षे धनबहादुर बस्याल, वडा नं. ९ लाटीकोइलीका ११ वर्षे रमेश सुनार र महाबु गाउँपालिका १ दैलेखका २६ वर्षीय दीपक सावन छन्।
डा. पाैडेलले काेराेना जित्ने एकजना महिलाकाे भने नाम र ठेगाना बताएका छैनन्। सांकेतिक भाषा प्रयोग गर्ने व्यक्ति नभएका कारण ती महिलालाइ अस्पतालमै राखिएको उनले जानकारी दिए। उनलाइ शनिबार घर पठाइने तयारी छ।