सोमबार, भदौ ८, २०८३

सुदूरपश्चिममा ५ दिन स्वाब संकलन नगरिने

सुदूरपश्चिम प्रदेशमा अब ५ दिनसम्म कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन नगरिने भएको छ।
 |  शुक्रबार, जेठ २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २३, २०७७

काठमाडौं- शंकास्पद बिरामीकाे संख्या बढेपछि सुदूरपश्चिम प्रदेशमा अब ५ दिनसम्म कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन नगरिने भएको छ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले स्वास्थ्य मन्त्रालयलगायत सबै निकायलाई पत्राचार गर्दै कोरोना परीक्षणका लागि नमुना संकलन नगर्न आग्रह गरेको छ।

निर्देशनालयका निर्देशक गुणराज अवस्थीले सुदूरपश्चिममा अहिले १ हजार ८३ जनाको स्वाब संकलन भएर परीक्षणका लागि राखिएको बताए।

निर्देशनालयको प्रयोगशालामा दैनिक २ सय ५० वटा मात्र नमुना परीक्षण गर्न सकिन्छ। संकलित स्वाब परीक्षण गर्न ५ दिन लाग्ने भएकाले थप संकलन नगर्न आग्रह गरिएको हो।

धेरै दिनसम्म स्बाव संकलन गरेर राख्दा त्यसले सही नतिजा दिन नसक्ने चिकित्सक बताउँछन्।

स्वास्थ्य मन्त्रालयका अनुसार सुदूरपश्चिममा ५८ हजारभन्दा बढी मानिस क्वारेन्टिनमा छन् ।
नेपालमा हालसम्म २० वटा प्रयोगशालामा दैनिक ३ हजार हाराहारीमा पीसीआर परीक्षण हुँदै आएको छ।

 

प्रकाशित: Jun 05, 2020| 16:25 शुक्रबार, जेठ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।