सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हुम्ला र जाजरकोटमा पनि कोरोना पुष्टि, कर्णालीमा एकै दिन एक सय संक्रमित थपिए

हुम्ला र जाजरकोटमा पनि कोरोना पुष्टि, कर्णालीमा एकै दिन एक सय संक्रमित थपिए

कर्णाली प्रदेशमा आज एकै दिन १ सय कोरोना संक्रमित थपिएका छन्। नयाँ संक्रमित मध्ये दैलेखको महाबु गाउँपालिकाका ६४ र दुल्लु नगरपालिका २७ जना रहेका छन्।
 |  शुक्रबार, जेठ २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २३, २०७७

सुर्खेत- कर्णाली प्रदेशमा आज एकै दिन १ सय कोरोना संक्रमित थपिएका छन्। सबैभन्दा धेरै संक्रमित दैलेख जिल्लामा थपिएका छन्।

दैलेखमा यसअघि दुई सय १८ जना संक्रमित रहेकोमा आज ९१ जना थपिएसँगै जिल्लामा कुल संक्रमितको संख्या ३ सय ९ पुगेको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखको दुल्लु नगरपालिकाका १० र ११ नम्बर वडाबाहेक सबैजसो वडामा संक्रमित थपिएका छन्। 

त्यस्तै दुल्लु नगरपालिकामा मात्रै जम्मा २७ जना संक्रमित थप भएका छन् ।

महाबु गाउँपालिकामा दुईजना ४ वर्षीय बालक र एक ९ वर्षीया बालिका सहित ६४ जना थपिएका छन्।

कर्णालीका प्रदेशका दश जिल्लामध्ये आज हुम्ला र जाजरकोटमा पनि कोरोना संक्रमति भेटिएका छन्।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

हुम्लाको चंखेली गाउँपालिका वडा नं. ३ का ५८ वर्षे पुरुष र जाजरकोट भेरी नगरपालिका वडा नं. १० का १९ वर्षे पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

त्यस्तै आजै जुम्लाको चन्दननाथ नगरपालिकाका ३ जना, दोलखाका, रामेछाम, गोरखाका एक/एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषणको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा एकै दिन १ सय जना कोरोना संक्रमण पुष्टि भएका हुन्।

प्रकाशित: Jun 05, 2020| 16:00 शुक्रबार, जेठ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।