सोमबार, भदौ ८, २०८३

व्यवसायी कुट्ने प्रहरीलाई कारबाही गर्न माग

व्यवसायीमाथि कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्न माग गएिको छ।
 |  शुक्रबार, जेठ २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २३, २०७७

जनकपुरधाम- व्यवसायीमाथि कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्न माग गएिको छ। जनकपुर चेम्बर्स अफ कमर्सले व्यवसायी कुटपिट गर्ने प्रहरीलाई कारबाहीको माग गरेको हो।

कमर्सले प्रदेश प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहलाई ज्ञापनपत्र बुझाउँदै कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्न तीन दिनको अल्टिमेटम दिएको छ।

कमर्सका अध्यक्ष विजय साहसहितका पदाधिकारीले डीआईजी सिंहलाई ज्ञापनपत्र बुझाएर व्यवसायी कुटपिट गर्ने प्रहरीलाई कारबाहीको माग गरेका हुन्।

ज्ञापनपत्र बुझ्दै प्रदेश प्रहरी प्रमुख डीआईजी सिंहले दोषी प्रहरीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको कमर्सका वरिष्ठ उपाध्यक्ष सरोज मिश्रले जानकारी दिए।

जनकपुरको जानकी चोकमा गिफ्ट पसल सञ्चालन गर्दै आइरहेका व्यवसायी श्याम चौधरीमाथि प्रहरीले बिहीबार निर्घात कुटपिट गरेर दुर्व्यवहार गरेको थियो।

लकडाउनका कारण लामो समयदेखि बन्द रहेको पसल सरसफाइ गरिरहेका बेला त्यहाँ पुगेको प्रहरी टोलीले चौधरीलाई नियन्त्रणमा लिएर कुटपिट गरेको थियो। प्रहरीको कुटपिटबाट चौधरीको शरीरमा ननीलडाम भएको छ।

प्रहरीले बिनाकारण व्यवसायी चौधरीका साथै बाटो हिंड्ने सर्वसाधारणलाई समेत कुटपिट गरेको भन्दै प्रहरीको आलोचना भइरहेको छ।

प्रकाशित: Jun 05, 2020| 16:00 शुक्रबार, जेठ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।